|

मुगु : कर्णाालीको जीवनचर्या, सांस्कृतिक सम्पदा चिनाउन मुगुमा बृहत् फोटो प्रदर्शनी गरिएको छ। कर्णालीमै पहिलो पटक गरिएको फोटो प्रदर्शनीले मुगुमा रहेका कला, प्राकृतिक सम्पदालाई प्रचारप्रसार गर्न र पर्यटन क्षेत्रको प्ररवर्धनमा टेवा पुग्ने आयोजकले आशा लिएको छ।

कर्णाली आर्टस सेन्टर मुगुको सहजीकरणमा काठमाडौंको ओस्कार कलेजका शिक्षक मुगुमा आई  मुगुका १८ जना विद्यार्थीलार्ई फोटोग्राफीको प्रशिक्षण दिएका थिए। उनै विद्यार्थीहरुले मुगु  जिल्लाको विभिन्न क्षेत्रमा रहेका  स्थानीय कला, संस्कृति तथा रहनसनलाई एक साता लगाएर मोबाइल फोनले खिचेका फोटो प्रदर्शनीमा राखिएको प्रशिक्षार्थी गणेश  खड्काले बताए।

मुुगुमा पर्यटकीय सम्भावाना बोकेका क्षेत्र धेरै छन्। तर, प्रचारप्रसारको अभावमा ती क्षेत्र ओझलमा छन। यस्ता फोटो प्रदर्शनीले ती क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्ने र पर्यटक भित्र्याउन सजिलो हुने छोर्देन लामा बताउँछिन्। 

मुगुका रहेका कला, पर्यटकीय सम्भावनाको उजागर गर्नका लागि फोटो पनि गतिलो माध्यम बन्नसक्छ भन्ने सन्देश दिन फोटो प्रदर्शनी गरिएको आयोजक संस्था कर्णाली आर्टस् सेन्टर मुगुका अध्यक्ष हिराबिजुली नेपालीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.