|
फाइल फोटो

नेपालगञ्ज : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको समापन गर्न उपराष्ट्रपति नन्दबहादुर पुन नेपालगन्ज आउने भएका छन।

प्रतियोगितको बुधबार भव्य समारोहका बीच नेपालगञ्जस्थित महेन्द्र रंगशालामा उपराष्ट्रपति पुनले समापन गर्ने प्रदेश ५ का प्रदेश खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले जानकारी दिए।

वलीकाअनुसार समापन समारोहमा फुटबल प्रतियोगितको फाइनल खेल मात्र हुनेछ। फुटबल प्रतियोगितको फाइनल खेलको शुभारम्भ उपराष्ट्रपति पुनले गर्नेछन। फाइनल खेल भोलि दिउँसो साढे ३ बजे हुनेछ। अहिले फुटबलका सेमिफाइनलका खेल भइरहेका छन्। सेमिफाइनलमा प्रदेश ५, नेपाल आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपिएफ) र नेपाल पुलिस क्लब पुगेका छन्।

गत चैत २७ गतेबाट खेल शुरु गरिए पनि प्रतियोगिताको औपचारिक उद्घाटन भने वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्ज रङ्गशालामा भव्य समारोहका बीच गरेकी थिइन।

 ‘आठौँ राष्ट्रिय खेलकूद, हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने मूल नाराका साथ भइरहेको प्रतियोगितामा करीब पाँच हजार खेलाडी सहभागी भएका छन्। बाँकेसहित बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र केही प्रतियोगिता काठमाडौँ, ललितपुर र पोखरामा ३५ खेल सम्पन्न भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.