|

बाँके : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगन्ज रंगशालामा मंगलबार भएको फुटवल खेलमा प्रदेश ५ लाई पराजित गरि त्रिभुवन आर्मी क्लव फाइनलमा प्रवेश गरेको छ। टाई ब्रेकरमा प्रदेश ५ लाई ३–१ ले पराजित गरि आर्मी फाइनलमा प्रवेश गरेको हो। 

निर्धारित ९० मिनेटको अवधिमा दुवै समुहले दुई–दुई गोल गरेपछि ट्राइब्रेकरमा आर्मीका नवयुग श्रेष्ठ, विवेक बस्नेत र शन्तोष तामाङले गोल गरे। जितेन्द्र कार्की र दीपक गुरुङले गोल गर्न सकेनन्। टाई ब्रेकरमा प्रदेश ५ का कृष्ण रानाभाटले गोल गर्दा दिपेन सिंह ठकुरी, चेतन चौधरी र विवेक पुनले गोल गर्नबाट चुके।

टाई ब्रेकरअघि खेलमा आर्मीले २–० को अग्रता जोगाउन सकेन्। खेलको २० औं मिनेटमा दिपेनसिंह ठकुरीको आत्मघाती गोलबाट आर्मीले अग्रता बनाएको थियो। खेलको ३१ औं मिनेटमा दीपकुमार लामाले गोल गर्दै आर्मीको अग्रता २–० को बनाए। तर खेलको ७५ औं मिनेटमा विनोद केसीले पेनाल्टीमा गोल गर्दै प्रदेश ५ लाई खेलमा फर्काए। त्यसपछि खेलको ८० औं मिनेटमा विनोदले पेनाल्टीमा नै व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए।

मंगलबार बेलुकी नेपाल पुलिस क्लब र एपीएफ क्लब बीच खेल हुने भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.