|

डोल्पा : ठुलीभेरी नगरपालिकामा ६ अन्तर्गत पर्ने रिन्पुले डाँडाको मोबाइल टावर सोमबारदेखि सञ्चालनमा आएको छ।

मोबाइल टावर सञ्चालनमा आएपछि टेलिफोन सुविधा नहुँदा वर्षौदेखि सञ्चार सास्ती खेप्दै आएका माझफालबासीको फोन गर्न पाउने सपना साकार भएको छ।नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालनमा आएसँगै ५ र ६ का माझफाल, दुरगाउँ, थरगाउँ, ताली, लाहारा लगायतका आधा दर्जन बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन्।

'यसअघि फोनमा कुरा गर्नको लागि घरको सबै काम छोडेर घण्टौँ हिँडेर जुफाल तथा सदरमुकाम दुनै झर्नु पर्ने बाध्यता थियो। अब घरबाटै सुतिसुति देश बिदेशमा कुरा गर्न पाइने भएको छु', वडा न ५ का स्थानीय रते रोकायले खुशी हुँदै भने, 'फोन सुविधा नहुँदा छरिएर रहेका बस्तीमा कुनै घटना घट्यो भने पनि थाहा पाइँदैन थियो। तत्काल उपचारकालागि जिल्ला बाहिर लैजानु पर्ने बिरामीलाई समेत उद्धार गर्न सकिने अवस्था थिएन।'

माभफालबासीको युगौदेखिको सपना साकार भएको र गाउँमा खुशियाली छाएको रोकायले बताए। टावर सञ्चालनमा आएपछि वडा २ का करिब एक हजार धरधुरी प्रत्यक्ष रुपमा लाभान्वित भएकाछन्। स्थानीय युवा नेता योगेन्द्र बुढाको पहलमा वर्षौदेखि फोन सेवा विस्तार हुन नसकेको माझफालमा मोबाइल टावर निर्माण भएको भन्दै स्थानीयले धन्यवाद दिएकाछन्।

उपल्लो डोल्पा अझै सञ्चारको पहुँचमा जोडिन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.