|

मुगु : नेपालको सबै भन्दा ठूलो ताल रारा सार्वजनिक शौचालय नहुँदा रारा ताल आसपासको क्षेत्र दिन प्रतिदिन फोहोर बन्दै गएको छ। रारामा सार्वजनिक शौचालय नहुँदा, अव्यवस्थित फोहोर लगायतका कारण राराताल आसपासको क्षेत्र दुर्गन्धित बन्दै गएको हो। 

आन्तरिक तथा बाह्य पर्यटक जो कोही रारा घुम्न आउने नागरिकलाई सार्वजनिक शौचालय नहुँदा सकस हुने गरेको छ। सार्वजनिक शौचालयको अभावमा ताल आसपास तथा वनजंगलमा खुला दिशा पिसाव गर्न बाध्य छन्। तर यसमा सरोकारवाला निकायको ध्यान जान नसकेको स्थानीयको गुनासो छ। सार्वजनिक शौचालय नहुँदा खुल्ला दिशामुक्त क्षेत्र घोषणा मै सीमित रहेको छायाँनाथ रारा नगरपालिका ९ मुर्मा गाउँका देविसिंह रोकायाले बताए। रारा जति सुन्दर छ त्यति फोहोर हुँदै गहेको छ। घोडाको दिशादेखि मान्छेको दिशा पनि ताल आसपासमा देखिने गरेको रोकायाले बताए।

रारामा सार्वजानिक शौचालयको निर्माणका लागि कुनै पनि निकायबाट पहल नभएको छायाँनाथ रारा नगरपालिका ९ का वडा अध्यक्ष मणिचन्द्र रोकायाले बताए। उनका अनुसार राराको सुन्दरता बचाई राख्न पनि शौचालय आवश्यक भएकाले रारामा शौचालय निर्माणका लागि सरोकारवाला निकायले चासो दिनुपर्ने अध्यक्ष रोकायाकाे भनाइ छ। उनले शौचालय निर्माणका लागि आफू पनि लागि पर्ने जानकारी दिए।

रारामा खुल्ला दिशा पिसाव गर्नुका साथै चाउको बिस्कुटका खोस्टा बोतल जथाभावी फाल्ने गररे राराको सुन्दरतामा आँच आउने काम मात्र भएको देखिन्छ। रारा राष्ट्रिय निकुञ्जभित्र शौचालयको आवश्यक नपर्ने र बनाउन नमिल्ने प्रावधान भएकाले शौचालय नबनेका निकुञ्ज निमित्त संरक्षण यज्ञराज रोकायाले बताए। 

पछिल्ला वर्षमा रारामा आउने पर्यटकको संख्यामा वृद्धि भएकाले राराको सुन्दता बचाउन शौचालय आवश्यक देखिएकाले आगामी दिनमा सार्वजानिक शौचालय  निर्माणका लागि बिभिन्न निकायमा पहल भइरहेको अधिकृत रोकायाको भनाई छ। रारा जति सुन्दर छ त्यति ब्यवस्थित नभएको पर्यटकहरू बताउछन्।

रारा साच्चिकै धर्तीको स्वर्ग हो। तर रारा ताल आसपासमा सार्वजानिक शौचालय नहुनुु भनेको विडम्बना भएको रारा घुम्न आएकी रजनी श्रेष्ठले बताइन। रारामा जथाभावीको दिशा पिसावले रारा दुर्गन्धित बन्दै गहेको प्रति श्रेष्ठले दुखेसो पोखिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.