|

दाङ : नेपाल पुलिस आठौं राष्ट्रिय खेलकुद कराँते प्रतियोगितामा च्याम्पियन बनेको छ।

दाङ तुलसीपुरस्थित कर्भडहलमा संचालित प्रतियोगितामा शक्त र शानदार प्रदर्शन गरेको नेपाल प्रहरी सर्वाधिक ९ स्वर्ण र १ रजत पदक हात पार्दै टिम च्याम्पिएन बनेको हो। त्यस्तै ३ स्वर्ण, ३ रजत र ४ कास्य हात पारेको नेपाल आर्मीले टिम उपविजेतामा चित्त बुझाउँदा प्रदेश ३ ले २ स्वर्ण १ रजत र १ कास्य पदकका साथ तृतीय स्थान हासिल गर्‍यो।

बैशाख ६ गतेबाट सुरु भएको प्रतियोगिताको महिला र पुरुष कुमुते तथा कातामा गरी जम्मा ६८ पदकको टुंगाे लागेको छ। प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफ, सात प्रदेश र एनआरएनको सहभागिता रहेको थियो। यसैबीच मंगलबार सम्पन्न पुरुष कुमुते ६० केजी तौल समूहमा नेपाल पुलिस क्लबका राजिव पुडासैनीले स्वर्ण पदक हात पारे। त्यस्तै प्रदेश ४ का राजकुमार रसाइलीले रजत जित्दा सुुदूर पश्चिम प्रदेशका जगत सिंह घानुक र एपीएफका मोहन कार्कीले रजत पदक हात पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.