|
File Photo

तनहुँ : व्यास नगरपालिका–४ मालेबगरमा माइक्रोको ठक्करबाट चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा व्यास १० परेवा डाँडाका २३ वर्षीय स्कुटर चालक रमेश शर्मा रहेका छन्।

पृथ्वी राजमार्ग अन्तरगत पोखराबाट काठमाडौंतर्फ जादै गरेको ग १ य ४८५ नम्बरको माइक्रोले ग १३ प ९१८१ नम्बरको स्कुटरलाई ठक्कर दिदा चालक शर्मा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घाइते चालकको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। भित्रि सडकखण्डबाट पृथ्वी राजमार्गतर्फ आउदै गरेको स्कुटरलाई माइक्रोले ठक्कर लामिछानेले बताए। दुवै सवारी साधन र माइक्रो चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.