|

काठमाडौं : पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता रामकृष्ण ताम्राकारको निधन भएको छ। उपचारको क्रममा मंगलबार ललितपुरस्थित अल्का अस्पतालमा उनको निधन भएको हो। 

 रुपन्देहीको सिद्धार्थ नगरपालिका भैरहवा निवासी ताम्राकार लामो समयदेखि क्यान्सरबाट पिडित थिए। भने पछिल्लो समय उनलाई निमोनिया देखिए पछि उपचारका लागि अस्पताल भर्ना भएर उपचार गराइ रहेका थिए।

ताम्राकार स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य मन्त्रालयको जिम्मेवारी सम्हाले थिए। भने २०४८ र २०५१ मा रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्षसमेत भएका ताम्राकार गिरिजाप्रसाद कोइरालाका विश्‍वास पात्र समेत मानिन्थे। केही बर्ष अघि हवाइ जहाज दुर्घटनामा छोराको निधन भएपछि राजनीतिमा खासै सक्रिय नदेखिएका ताम्राकार गिरिजाप्रसादको कार्यकालमा प्रभावशाली नेताका रुपमा चिनिएका थिए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.