|

धनगढी : केही दिनयता धनगढीको तापक्रम बढिरहेको छ। अत्यधिक गर्मीका कारण यहाँको जनजीवन प्रभावित भएको छ। शनिबार धनगढीको तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो ३ बजे धनगढीको अधिकतम तापक्रम ४०.८ डिग्री सेल्सियस मापन गरिएको छ। यो वर्ष हालसम्मकै सबैभन्दा बढी तापक्रम रहेको मौसम पूर्वानुमान महाशखाले जनाएको छ।

चर्को गर्मीका कारण सर्वसाधरणहरूलाई दैनिक काम काजका साथै हिँडडुल गर्नसमेत कठिनाइ हुन थालेको छ। गर्मीका कारण दैनिक मजदुरी गरेर गुजारा चलाउने वर्ग सबैभन्दा बढी प्रभावित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.