|

काठमाडौं : नारीले समाजमा भोग्नुपरेको उत्पीडन र त्यसले उनीहरूलाई पारेको असरलाई मनोवादको शैलीमा प्रस्तुत गरेको नाटक 'प्राइभेट इज पोलिटिकल' शुक्रबारदेखि राजधानीको कौशी थिएटर टेकुमा मञ्चन भएको छ।

नाटकले नारीले घर, स्कुल, कलेज, विश्वविद्यालयदेखि आफूले काम गर्ने ठाउँमा हुने यौन दुर्व्यवहार, दुर्व्यवहारले नारीभित्र जन्माएको डर, चिन्तालाई संक्षिप्त र मर्मस्पर्श ढंगले देखाएको छ। नाटकमा वर्तमान नेपाली महिलाको अवस्था, पितृसत्तात्मक समाजले महिलालाई हेर्ने दृष्टिकोणलाई नियाल्ने प्रयास गरेको छ।

चार वर्षदेखि काठमाडौंमा योनिका कथाहरू नाटक मञ्‍चन गर्दै आएकी आंकाक्षा कार्की नाटककी निर्देशक हुन्। उनले ३० वर्ष अगाडिबाट सुरू भएको यो अभियान धेरै देशमा देखाइरहेको र यसलाई नेपालीमा अनुवाद गरेर प्रस्तुत गरेको बताइन्। 'योनिका कथाहरू' नाटक प्रस्तुतपश्चात आफूहरूलाई समाजमा महिलामाथि हुने यौनहिंसाबारे खुलेर बोल्न अझ सहज हुँदै गएकाले यो नाटक प्रस्तुत गरिएको उनले जानकारी दिइन्।

नाटकको अवधारणा स्वयं कार्कीको हो भने लेखन सौरभ कार्कीले गरेका हुन्। सहयोगीको लेखनमा सुरज सुवेदी र सुदाम सिकेको रहेको छ। नाटक महिला हिंसाविरूद्दको अभियान हो। जसमा अनुजा अधिकारी,अर्चना पन्थी,आयुष प्याकुरेल,केनिपा सिंह,विनिता गुरुङ, लु:निभा तुलाधार,रोशनी स्याङ्बो, सचिन मल्ल, सुदाम सिके अभिनय रहेको छ।

शुक्रबारदेखि मञ्चन सुरु भएको नाटक वैशाख २८ गतेसम्म चल्नेछ। नाटक मंगलबारबाहेक हरेक दिन साँझ सभा ५ बजे मञ्चन हुनेछ भने शनिबार दिउँसो १:३० बजे पनि हेर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.