|

काठमाडौं : नुवाकोट जिलिङका कवि राजकुमार पुडासैनीको पहिलो कृति ‘जीवनको आरम्भ’ काठमाडौँमा लोकार्पण गरिएको छ। बिहीबार त्रिशुली वाङ्मय प्रतिष्ठानको आयोजनामा प्राध्यापक डा.गोविन्द भट्टराईले पुडासैनीको उक्त कविता संग्रह विमोचन गरेका हुन्।

कृतिमा समावेश भएका कविता कुनै घटनामा छोएका अनुभूति रहेको उल्लेख गर्दै उनले अन्य भूमिमा गैरकानुनी रुपमा बसेको बसाइँपछिको उत्पन्न भएका विषयदेखि समग्र यथार्थ कथा पुस्तकमा सुन्दर ढंगले प्रस्तुत भएको बताए।

निबन्धकार कुमारी लामा, प्रा डा कुमार कोइराला र कवि भीष्म उप्रेतीले उक्त कृतिमाथि टिप्पणी गर्दै लामो समय प्रवासमा बसेर नेपाली भाषा र साहित्यको उन्नयनमा लागेका कवि पुडासैनीको कतिवा संग्रहमा जीवनको भोगाइ प्रतिविन्वित भएको बताउँदै पहिलो प्रयास राम्रो रहेको प्रतिक्रिया दिए। शब्दालय प्रकाशनद्वारा प्रकाशित उक्त कृतिमा ५८ वटा कतिवा समावेश छन्।

कृतिमा विदेशमा बस्दाको अनुभवदेखि माया प्रेम, जीवनको अर्थ, बुबाआमाको स्मृतिका पल, मातृभूमि, सुख दुःखका विषयमा लेखिएका कतिवाहरू समावेश छन्। कार्यक्रममा लेखक पुडासैनीले जीवन र जगतका बारेमा बुझ्न थालेदेखि नै आफ्ना अनुभूति शब्द हुँदै कवितामा परिणत भएको बताउँदै पहिलो प्रयासमा भएका कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।

सोही कार्यक्रममा शब्दालय प्रकाशनको त्रैमासिक डिजिटल पत्रिका ‘शब्दालय’ को पहिलो अंक पनि लोकार्पण गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.