बाबुरामको पहलमा त्रिपक्षीय वार्ता

|
नयाँ शक्तिको कार्यालयमा भइरहेको एकता वार्तामा सहभागी नेताहरु

काठमाडौं : नयाशक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालको एकता प्रक्रियामा राष्ट्रिय जनता पार्टी, नेपाल प्रवेश गरेको छ। राजपासँगै एकता वार्तामा राष्ट्रिय जनमुक्ति पार्टी पनि पुगेको हो। 

वैकल्पिक शक्ति बन्ने दौडमा रहेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, फोरम अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेताहरूबीच बिहीबार त्रिपक्षीय एकता वार्ता भएको हो। 

नयाँ शक्ति नेपालको केन्द्रीय कार्यालयमा भइरहेको यो वार्तामा तीनै दल मिलाएर एउटै पार्टी बनाउने विषयमा छलफल भइरहेको छ। राजपा महासचिव केशव झाका अनुसार तीन दलबीच पहिलो पटक एकता वार्ता भएको हो। 

नयाँ शक्ति र फोरमबीच २३ गते एकताको टुंगो भइसकेको अवस्थामा राजपालाई पनि एक भएर अघि बढ्न नेता भट्टराईले प्रस्ताव गरेका हुन्। यो एकता वार्तामा भट्टराई, अध्यक्ष यादव, राजपाका अध्यक्षमण्डलका महन्थ ठाकुर र राजेन्द्र महतोसहित सहभागी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.