|

काठमाडौं : दिवंगत उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । ललितपुरको सानेपास्थित स्टार एकेडेमीमा आइतबार आयोजित कार्यक्रममा करिब ५ सय वृद्धवृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । 

कार्यक्रममा वृद्धवृद्धालाई सम्मानसमेत गरिएको थियो । अधिकारी पुत्री लिमाले त्यस क्रममा शनिबार परेको आमाको मुख हेर्ने दिनको अवसर पारेर वृद्धाहरुलाई उपहारसमेत प्रदान गरिएको जानकारी दिइन् । 

स्वर्गीय भरतमोहनको जन्मदिनको अवसर पारेर मनमोहन स्मृति प्रतिष्ठानले कार्यक्रम आयोजना गरेको हो । महोत्तरीको भ्रमरपुरामा १९९३ साल वैशाख २२ गते जन्मिएका अधिकारीको गत १८ फागुनमा ८२ वर्षको उमेरमा निधन भएको थियो । 

लामो समय नेपालको कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका अधिकारीले अर्थमन्त्रीत्वकालमा आफ्नो गाउँ आफैं बनाऔं र वृद्धावृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरणको सुरुआतजस्ता कार्यक्रमका कारण आमनेपालीमाझ लोकप्रिय थिए । 

कार्यक्रममा ईश्वरीलाल फाउण्डेशन र स्टार हस्पिटलको समेत सहकार्य थियो । कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि सहभागी थिए । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.