|

रुकुम : पूर्वखेलकुद मन्त्री दलजित श्रीपालीले गृहजिल्लाका विभिन्न ठाउँको अवलोकन गरेका छन्।  पूर्वमन्त्री श्रीपालीले जनयुद्धक्रममा खनिएका बंकरदेखि शान्तिकालमा भएका विकासका कामहरूको अवलोकन गरेका हुन्। भूमे-७ गुनाम उनको जन्मभूमि हो।

यस क्रममा उनले बाल्यकालमा पढेको गुनाम विद्यालय, युद्धकालमा तालिम गर्न बनाइएका बंकर र तालिम केन्द्रसमेत उनले स्थलगत अवलोकन गरे।  त्यस्तै, मारिङ एकीकृत कृषि तथा वन अनुसन्धान केन्द्रको कृषि खेती, भूमे गाउँपालिकाको कार्य सञ्चालन तथा भौतिक निर्माणको अवस्थासमेत हेर्न भ्याए। अवलोकनपछि भूमे गाउँपालिकाले विकास योजना नेपालको स्थानीय तह मध्यमा नमुनाको रूपमा अगाडि बढिरहेको बताए।

उनले राजनीतिक बाटोमा लागेदेखि रुकुममा विकास गर्ने सपना राखेकोमा आधारभूत विकास पूरा भएकोमा खुसीसमेत व्यक्त गरे। ‘गणतन्त्र स्थापना भइसकेपछि रुकुमको विकास गर्नमा जिल्लाका सबै राजनीतिक दलले साझा एजेण्डा बनाएर विकास गर्नेमा योजना थियो, उक्त एजेण्डा क्रमस पूरा हुँदै गएको छ’ युद्धकालको स्मरण गर्दै उनले भने, ‘युद्धकालमा बचाएको ठाउँ यही रुकुम जिल्ला रहेको र परिवर्तनको नेतृत्व पनि रुकुमवासीले नै गरेको हो।’ रुकुमपूर्वको महतमा युद्ध पर्यटन विकासका लागि युद्ध संग्राहलयसमेत स्थापना गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.