|

रुकुम : आधुनिक प्रविधिको विकाससँगै यातायात र सामान ढुवानीका लागि गाउँगाउँमा मोटर पुगेको छ। यो क्रम दिनदिनै बढिरहेको छ। अझ सरकारले अन्तरदेशीय ढुवानीका लागि पानी जहाज, रेललगायतका अत्याधुनिक यातायात तथा ढुवानीको साधान प्रयोग गर्ने नीति तथा कार्यक्रमहरु सार्वजनिक गरिहेको छ। 

तर, रुकुम पूर्वका ग्रामीण भेगहरुमा भने अझै पनि ढुवानीका लागि घोडा वा खच्चडको नै प्रयोग गरिँदै आइरहेको छ। यहाँका नागरिकका लागि घोडा वा खच्चड नै रेल सरह हुन्।

मुलुक संघीयता संरचनामा गएपछि थपिएका कान्छो दुई जिल्लामध्ये रुकुम पूर्व एक हो। यहाँ तीन स्थानीय तह रहेका छन्। तीमध्ये केही क्षेत्रमा सडक र यातायातको पहुँच पुगे पनि अधिकांश क्षेत्र पहुँचबाट बाहिर रहेको छ। त्यसैले उक्त क्षेत्रमा सामान ढुवानीका लागि घोडा र खच्चड प्रयोग हुँदै आएको छ ।

पुथा उत्तरगंगा गाउँपालिकाको हुकाम, मैकोट र ती क्षेत्रभन्दा अझ दुर्गममा रहेका दुले, पाटनलगायतका क्षेत्रमा सरसमान ढुवानी गर्न घोडा र खच्चड नै प्रयोग हुँदै आएको छ। बुकिपाटन लगायतका क्षेत्रमा बहुमूल्य जडीबुटी यार्सागुम्बा समेत पाइन्छ। उक्त क्षेत्रमा यार्सा टिप्न जाने र सरसमान ढुवानीका लागि घोडा प्रयोग गरिन्छ।

रुकुम पूर्वका स्थानीयहरुले गाईभैंसीभन्दा घोडा वा खच्चर बढी पाल्ने गरेको मैकोटमा शिव बुढाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.