विचार

सनातन परम्परामा वेशभूषा
SHARES

प्रतीकात्मक तस्विर
बैशाख २४, २०७६

    सनातन परम्परामा अन्य विषयजस्तै वेशभूषाबारे आफ्नै मूल्य र मान्यता छन्। उमेर, पेशा, अध्ययन, कुल आदि अनुकुल बोलीचाली, बुद्धि–विवेक र वेशभूषा गर्नू भन्ने मनुको वचन छ। खानपानबाट मानिसको व्यवहार वा आचरण प्रकट हुने भएजस्तै वस्त्रबाट मानिसको प्रकृति प्रष्ट हुने बताइन्छ। कतिपय सन्दर्भमा ब्राह्मणले सेतो, क्षत्रियहरूले रातो, वैश्यहरूले पहेँलो र शूद्रहरूले कालो वस्त्र पहिरिने विधान छ।

    ब्राह्मणहरूले सन्ध्योपासन, अन्य पूजापाठ, अध्ययन वा भोजनका समयमा सेतो पहिरन लगाउने विधान छ। तर छुट्टाछुट्टै कामका लागि छुट्टाछुट्टै किसिमको वस्त्र हुन्थ्यो। सेतो रंग शान्ति र सौम्य प्रकृतिको मानिन्छ। अन्य रंगका वस्त्रले अध्ययन अध्यापनको कामलाई बाधा पुर्‍याउने भएकाले ब्राह्मण वर्गका लागि यही वस्त्र उपयुक्त मानिएको होला।

    अहिले बाबुआमाको आशौच बार्दा पनि सेतै वस्त्रको प्रयोग गरिन्छ। ब्राह्मणले अघिपछि पनि सेतै वस्त्रको प्रयोग गर्ने हुनाले आशौचका लागि छुट्टै किसिमको वस्त्र प्रयोग गर्ने भन्ने थिएन। ब्राहमणले प्रयोग गर्ने वस्त्र नै उनीहरूका स्त्रीका लागि अनुकरणीय हुन्थ्यो। त्यसैले आशौच बार्दा सेतो लगाउने भन्ने सन्दर्भ नै उठ्दैनथ्यो। यसैगरी राजकाज गर्नेहरूका लागि राजसीपन झल्किने किसिमका रातोलगायत रंगका वस्त्रको विधान छ। राष्ट्रसेवक वा कर्मचारी, व्यापार, कृषि जस्ता पेशाका लागि उनीहरूको कामका लागि उपयुक्त हुने वस्त्रको विधान गरिएको छ।

    व्यावहारिक रूपमा अहिले पनि अध्ययन अध्यापन वा चिकित्सकका लागि उज्याला पहिरन उपयुक्त मानिन्छ। युद्धमा जाने सैनिक वा त्यस प्रकृतिको व्यवहार गर्नेले भयानक देखिने गाढा किसिमका पहिरन लगाउन सक्छन्।त्यस प्रकृतिका काम गर्नेहरूले कालो पहिरन लगाएको अझै पनि देखिन्छ। तन्त्र आदि कार्यका लागि राता वस्त्रको विधान गरिएको छ।

    सेवाभाव भएकाहरूका लागि पनि त्यहीअनुसारको वस्त्र विधान गरियो। घर गृहस्थप्रति आशक्ति नहुनेहरूका लागि शान्त प्रकृति वैराग्य उत्पन्न गराउने पहेँलो प्रकृतिको वस्त्रको प्रयोग उपयुक्त मानिएको छ। व्यावहारिक रूपमा अहिले पनि अध्ययन अध्यापन वा चिकित्सकका लागि उज्याला पहिरन उपयुक्त मानिन्छ। युद्धमा जाने सैनिक वा त्यस प्रकृतिको व्यवहार गर्नेले भयानक देखिने गाढा किसिमका पहिरन लगाउन सक्छन्। कालो रंगलाई भयानक वा विभत्स देखाउने रंगको रूपमा लिइन्छ। त्यस प्रकृतिका काम गर्नेहरूले कालो पहिरन लगाएको अझै पनि देखिन्छ। तन्त्र आदि कार्यका लागि राता वस्त्रको विधान गरिएको छ।

    बहुजातीय र बहुसंस्कृति भएको नेपालमा प्रत्येकका आफ्नै वेशभूषा छन्। कतिपय जातिका पहिरनमा अहिले पनि वैदिक प्रभाव आंशिक रूपमा रहेको देखिन्छ। अन्य समयमा नभएपनि धार्मिक कार्यमा यी पहिरनहरूको उपयोग हुन्छ। भोटो, कछाड, दौरा सुरुवाल र महिलाले फरिया चोलो लगाउने परम्परा थियो। अझैपनि पहाडी भागमा छोरीचेलीलाई गुन्युचोली दिने परम्परा छ। नेवार समुदायमा पनि बेलविवाहको समयमा आफ्ना छोरीहरूलाई मौलिक पहिरन दिने चलन छ। व्यावहारिक दृष्टिले कार्यालयमा काम गर्ने पुरुषका लागि कमिज, पेण्ट वा दौरा सुरुवाल, कोट, महिलाका लागि सारी, चोलो वा कुर्तासुरुवाल वा अहिलेको सन्दर्भमा कमिज पेण्ट उपयुक्त हुन सक्छ। शास्त्रीय मान्यताअनुसार पोशाक जस्तोसुकै भएपनि भड्किलो वा सामाजिक मर्यादामा आँच आउने किसिमको हुनु हुँदैन।

    हिजोआज हामीमा अन्य विषयहरू जस्तै पहिरनसम्बन्धी चेतना पनि हराउँदै गएको र पश्चिमाहरूको प्रभाव बढेको देखिन्छ। हामी आफ्नो परम्परा भुलेर अनावश्यक रूपमा पश्चिमाको नक्कलमा उत्रिइरहेका छौं। व्यापारिक सञ्जाल विस्तार गर्ने र आफ्ना संस्कृति प्रबर्धन गर्ने उद्देश्यले पश्चिमाले ल्याएको तथ्यलाई मनन नगरी अन्धाधुन्द नक्कल गर्ने क्रम बढेको छ। कस्तो वस्त्र लगाउनुपर्छ भन्ने ज्ञान हराउँदै भड्किला पहिरनतर्फ समाज आकर्षित भइरहेको देखिन्छ। तडकभडक देखाउने वा अंग देखाउने माध्यम बन्न पुगिरहेको देखिन्छ।

    पहिरनले शरीर छोप्ने मात्र नभई मानिसको व्यक्तित्व खुलाउने काम पनि गर्दछ। पहिरन किन लगाउने यसको महत्त्व के छ भन्ने भन्दा पनि अनावश्यक ढोङ रच्ने र शरीरको प्रदर्शन गर्न पहिरनको प्रयोग हुने गरेको छ। विशेषगरी युवापुस्ताले चलचित्रका कलाकार र सेलेब्रेटीहरूको पहिरनको नक्कल गरिरहेका हुन्छन्। टेलिभिजनका पर्दामा हिरो हिरोइनले लगाएको देखेकै भरमा बजारमा त्यही कपडा खोज्ने चलन आइसकेको छ। चलचित्रमा देखाइएको जस्ता वेशभूषाको नक्कल व्यावहारिक हुँदैनन्। नाटक वा फिल्म खेल्नेका लागि पात्रको मर्मअनुसार भूमिक निभाउनु पर्ने हुनाले जस्तोसुकै पोशाक लगाउन सक्छन्। कतिपयको पेशाअनुसारको धर्म निर्वाह गर्नुपर्ने हुनाले तिनको पहिरन सर्वसाधारणका लागि ग्राह्य हुँदैनन्।

    सुसंस्कृत व्यक्तिहरूका लागि फिल्ममा ‘हिरो–हिरोइन’ र ‘आइटम’ हरूले प्रयोग गर्नेजस्ता पहिरन उपयुक्त हुँदैन। उनीहरूको अनुकरण गर्दै हिजोआजका युवायुवती देखाउनै नहुने अंगहरू खुलेआम देखाउँदै हिँडिरहेका हुन्छन्।फिल्म खेल्ने, अभिनय गर्ने वा शरीर देखाएर जीविका गर्नुपर्नेका लागि बाध्यता होला तर सामान्य मानिसका लागि पारिवारिक वा सामाजिक मर्यादाले पनि त्यो दिँदैन।

    बाबुआमाले नै छोराछोरी सानै छँदादेखि भड्किला पहिरन ल्याइदिएर सहयोग पुर्‍याइरहेका हुन्छन्। सुसंस्कृत व्यक्तिहरूका लागि फिल्ममा ‘हिरो–हिरोइन’ र ‘आइटम’ हरूले प्रयोग गर्नेजस्ता पहिरन उपयुक्त हुँदैन। उनीहरूको अनुकरण गर्दै हिजोआजका युवायुवती देखाउनै नहुने अंगहरू खुलेआम देखाउँदै हिँडिरहेका हुन्छन्। यस्ता पहिरनले समाजमा छाडापन बढ्ने, बलात्कारजस्ता हिंसा बढ्ने तथ्यलाई मनन गर्नुपर्छ। फिल्म खेल्ने, अभिनय गर्ने वा शरीर देखाएर जीविका गर्नुपर्नेका लागि बाध्यता होला तर सामान्य मानिसका लागि पारिवारिक वा सामाजिक मर्यादाले पनि त्यो दिँदैन।

    पहिरनका सन्दर्भमा हिजोआज पति दिवंगत उनीहरूले सेतो लुगा लगाएको र विधवाले रातो वस्त्र त्याग गरेको पक्षलाई विभिन्न आलोचना गरिन्छ। दशकौँसम्म आफ्नो इच्छाअनुसार सात्विक प्रकृतिका वस्त्र लगाएर जीवन बिताएका ८०, ९० वर्षका बुढी आमाहरूलाई समेत रातो लुगा लगाउन बाध्य पारेको देखिन्छ। पतिको देहान्तपछि सात्त्विक जीवन बिताएर बस्छु भन्नेहरूले आफ्नो इच्छानुसार बस्न पाउनु पर्ने होइन र! त्यसो त जीवनको भोग गर्न चाहनेहरूले पति मरेपछि घर त्यागी नयाँ घरजम गरेको पनि देखिन्छ। यो त आफ्नो जीवन कसरी बिताउने भन्ने विषय हो।

    अन्त्यमा,

    सरकारी विद्यालयका विद्यार्थी र ट्राफिक प्रहरीलाई किन टाई अनिवार्य गराइएको हो प्रश्न अनुत्तरित छ। यसैगरी सरकारीदेखि निजीसम्मका टेलिभिजनमा पनि समाचारवाचक वा प्रस्तोताहरूले टाई बाँधेको देखिन्छ। क्रिश्चियनको चिन्हको रूपमा आएको टाई हिन्दु धर्मावलम्बीहरूले किन बाँध्नुपरेको होला। पश्चिमाहरूले अझै पनि क्रिश्चियन धर्म र संस्कृतिको प्रतीकको रूपमा टाई बाँध्ने गरेका छन्। टाईले मानिसलाई सुन्दर बनाउन वा नबनाउन कुनै भूमिका खेल्दैन न त शरीर ढाक्दैन। बरु अनावश्यक रूपमा गलामा कस्दा घाँटीसम्बन्धी समस्या आउन सक्छ।

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्। इमेल : dhitalramprasad@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]