|

चितवन : जावलाखेल युथ क्लबले भरतपुर गोल्डकपमा विजयी सुरुवात गरेको छ । मंगलवार भएको उद्घाटन खेलमा विजय युथ हेटौँडालाई सडनडेथमा ८–९ ले पराजित गर्दै जावलाखेलले विजयी सुरुवात गरेको हो । 

निर्धारित समय ४–४ गोलको बराबरीमा सकिएपछि खेल सडनडेथमा धकेलिएको थियो । जावलाखेलका लागि निर्धारीत समयमा विदेशी खेलाडी एडव्लाले २ गरेका थिए । यस्तै डेनियल रेजे र सुजित बुढाथोकीले १–१ गोल गरे । 

उता हेटौँडाका लागि विदेशि खेलाडी ओमेन यान्जिक एक्लैले ४ गोल गरे । विदेश खेलाडीसहित मैदानमा उत्रिएका दुवै टिमबीच कडा प्रतिस्पर्धा भएको थियो । खेलको निर्धारित समय बराबरीमा सकिएपछि निर्णय सडनडेथबाट लिइएको हो । 

प्रतियोगिता अन्तर्गत वुधवार वीरगञ्ज युथ एकेडेमि र एपीएफ भिड्ने आयोजकले जनाएको छ । एजे इन्टरनेसनल प्रालिको आयोजनामा नारायणगढको क्याम्पाचौरमा सुरु प्रतियोगिता जेठ ४ गतेसम्म हुने छ । प्रतियोगितामा तीन विभागीयसहित विभिन्न १२ राष्ट्रिय टिम सहभागी छन्।

प्रतियोगिताको प्रथम टिमलाई ६ लाख नगद र गोल्डकप तथा द्धितीय हुनेलाई नगद ३ लाख पुरस्कार रहेको कार्यक्रम संयोजक प्रकाश भुजेलले जानकारी दिए । यस्तै प्रतियोगिताका सर्वोत्कृष्ठ १ जना खेलाडीलाई नगद ४० हजार दिइने छ । ४ विधाका उत्कृष्ट खेलाडीलाई जनही २० हजार नगद पुरस्कार रहेको छ ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.