|

दैलेख :  स्थानीयस्तरमा उपभोक्ता समितिले कामको अनुमगन गर्ने जिम्मेवारी जनप्रतिनिधिको काँधमा हुन्छ । तर दैलेखमा जनप्रतिनिधिहरु आफैँ उपभोक्ता समितिका अध्यक्ष भएर सरकारी बजेटमा रजाइँ गरिरहेका छन्।

नारायण नगरपालिका-९ का वडाअध्यक्ष ढालबहादुर थापा स्थानीय सरकारको वडाअध्यक्षदेखि उपभोक्ता समितिको अध्यक्षसम्म बनेका छन् । 

निर्वाचित हुनु पहिलेबाटै उपभोक्ता समितिको अध्यक्षमा बन्‍ने गरेका उनले अहिलेसम्म राजीनामा दिएका छैनन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले वडाअध्यक्ष आफैँ उपभोत्ता समितिको नेतृत्वमा हुनु नियमसंगत नहुने बताउँछन्।

उनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा यो कुरा स्पष्ट पारिएकोको बताए। उनले वडाभरिका योजनार्तजुमा गरेर सहभागितामुलक प्रणाली अनुसार बस्ती र टोलस्तरबाट योजनाको माग गरिएको बताए।

सङ्कलन प्राथमीकीकरण तथा छनौट र टोल विकास संस्थाको गठन गरी परिचालनका लागि उपभोक्ता समितिको अनुगमनको नीति छ। तर निर्वाचित जनप्रतिनिधि नै उपभोक्ता समितिमा बसेपछि समस्या हुने उनी बताउँछन्।

स्थानीय सरकार संचालन ऐन २०७४ मा सार्वजनिक पद धारण गरेका व्यक्ति उपभोक्ता समितिमा बस्न नपाइने नियम छ। तर दैलेखमा अध्यक्ष थापा भने नियमविपरीत नारायण नगरपालिका-९ मा रहेको गिरीमोड कोटीला श्रीस्थान सडक मर्मत निर्माण समितिको अध्यक्ष छन्।

नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले निर्वाचित जनप्रतिनिधिलाई कुनै पनि विकास निर्माणका उपभोत्ता समितिमा नबस्न निर्देशन दिएको बताए । उनले नीति बनाइनसकेकाले थापालाई पटक पटक राजीनामा दिन दबाब दिइरहेको जानकारी पनि दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.