रुकुम : नेपालको कान्छो जिल्लामध्ये एक हो रुकुम पूर्व। यही जिल्लामा पुथा उत्तरगंगा गाउँपालिका रहेको छ। यस गाउँपालिकाको केन्द्र हो तकसेरा।
करिब ४०० घरधुरी रहेको तकसेरामा मगर समुदायको बाहुल्यता रहेको छ। यस गाउँ मगर समुदायको संस्कार, संस्कृित तथा रहनसहन हेर्न अध्ययन गर्नेहरुका लागि उपयुक्त छ। यसका साथै यहाँ रहेका परम्परागत घर, बाक्लो वस्तीले पनि जो कोहीलाई आकर्षित गर्दछ।
तकसेरा गाउँलले रुकुम पूर्वको प्रमुख पर्यटकीय गाउँको पहिचान बनाएको छ। यहाँका मानिसहरुको मुख्य पेसा भेडापालन र राडीपाखी बुन्ने रहेको छ। वैदेशिक रोजगारीमा जानेहरु पनि छन्।
पछिल्लो समय यहाँ होमस्टेको व्यवस्था रहेको छ। होमस्टेमा बसे बापत २०० देखि ३०० रुपैयाँसम्म शुल्क लिने गरिन्छ। पर्यटकका लागि ढिडो, सिस्ने, माछा, मासुको परिकार दिइन्छ। यसका साथै स्थानीय मदिरा समेत चियाको रुपमा चखाउने गरिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।