|

रुकुम : विश्वभर विभिन्न कार्यक्रम गरी शनिबार विश्व आप्रवासी अर्थात बसाइँसराइ चरा दिवस मनाइँदै छ। केही वर्षयता नेपालमा पनि विभिन्न कार्यक्रम गरी बसाइँसराइ चरा दिवस मनाउने गरिएको छ। 

चराहरू उड्ने भएकाले अनकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा एक ठाउँबाट अर्को ठाउँ, एक देशबाट अर्को देश र एक महादेशबाट अर्को महादेशमा बसाइँ सरी आउने जाने गर्दछन्। 

चराचुरुङ्गी समय अनुसार एक ठाउँबाट अर्को ठाउँ, एक जिल्लाबाट अर्को जिल्ला मात्र होइन एक देशबाट अर्को देशमा समेत बसाइँसराई गरेर जाने गरेका कारण पनि समयअनुसार विविधता हुन्छ।

भौगोलिक विविधता भएको नेपालमा ८८७ प्रजातिका चरा पाइन्छन्। रुकुम पश्चिममा कति चराका प्रजातिहरू छन र बसाइँ सराइ गरेर जाने र आउने कति संख्या छ हालसम्म कुनै अध्ययन भएको छैन। तर नेपालको पहाडी क्षेत्रमा पाइने पाइने चराचुरुङ्गी प्रायः पाइन्छन। रुकुममा सबै भन्दा बढी मैना चरी पाइन्छ।

यसलाई यहाँको स्थानीय भाषामा सन्टाला भन्नेर चिनिन्छ। त्यस्तै जुरेली र गौथली, काग र भँगेरा पनि पाइन्छन। त्यस्तै ढुकुर पनि धेरै ठाउँमा पाइन्छ तर यसलाई यहाँको स्थानीय भाषामा घुघुती भनेर चिनिन्छ। त्यस्तै सानीभेरी तथा अन्य नदी तथा खोला किनारमा सारस प्रजातिका चराहरू पाइन्छन। 

आज विश्व बसाइँसराइ चरा दिवस मनाइँदै 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.