|

मुगु : छायांनाथ रारा नगरपालिका-१ छत्तेलवाडा गाउँकी सीमा परियार जननिर्वाचित जनप्रतिनिधि हुन्। उनी छायाँनाथ रारा नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित भई जनप्रनिधिका रूपमा काम गर्दै आएकी छन्। स्थानीय तहको निर्वाचनबाट वडा सदस्य निर्वाचित भएकी उनी पछि कार्यपालिका सदस्यमा समेत निर्वाचित भएकी थिइन्। सीमा जनप्रतिनिधिमा मात्र सीमिति भएकी छैनन्, उनले सिलाकटाइ उद्यम पनि सञ्चालन गरेकी छन्।

नियमितरूपमा कार्यपालिकाको काम,वडाको  काममा सक्रिय हुने उनी  खाली समय बिहान बेलुकाको समय र फुर्सदिलो समयमा सिलाइकटाइ गररे पनि सफल उद्यमी बन्न पुगेकी छिन्। उनी स्थानीयका विभिन्न समस्या समाधानदेखि विकास निर्माणका काममा उत्तिकै सक्रिय छिन्।

तर पनि गरिरहेको पेसालाई किन छोड्ने भन्ने मान्यताले सिलाइकटाइ व्‍यवसाय र जनताको कामलाई सँगसँगै अगाडि बढाएको उनको भनाइ छ। 'स्थानीय जनताले सीमालाई भोट दिएर जिताएका छन्। त्यसैले उनीहरूको काममा पनि समय दिँदै आइरहेकी छु। गाउँमा हुने विकास निर्माणका काममा पनि समय दिनैपर्‍यो,’ उनले भनिन् , ‘फुर्सदको समयमा सिलाइकटाइ व्‍यवसाय पनि  गरेकी छु। जसले मलाई आत्मनिर्भर बनाएको छ  उनले भनिन्।

पेसामा चुनौती

सुरुसुरुमा सिलाइकटाइ गर्दै अनेकौँ समस्या र चुनौती खेप्नुपरेको सीमाको भनाइ छ। महिला भएर यो पेसामा आबद्ध हुनु चुनौतीपूर्ण नै थियो। महिला मान्छेले यो व्‍यवसाय गर्दा होच्याउने ,गिज्याउने परम्पराले जो कोही पनि सजिलै यो पेसामा आबद्ध हुन मुस्किल थियो। विवाह नगर्दै आत्मनिर्भर बन्ने उद्‍देश्यका साथ यो पेसामा लागेको र चुनौतीका बाबाजुज सफल उद्यम बन्न सफल भएको सीमाको भनाइ छ।  यो पेसामा नै आफ्‍नो जीवन सहार बनेको र अझ थप सशक्त बनाउने परियारको बताउँछिन्।

मासिक २० हजार

सिलाइकटाइ व्‍यवसायबाट मासिक  २० हजारसम्म आम्दानी हुने गरेको सीमाले बताइन्। उनले भनिन्, 'विशेष लेडिजका विभिन्न डिजाइनका कपडा सिलाउँछु। हिसाब गर्दा महिनामा २० हजारभन्दा माथि नै  आम्दानी हुने गरेको छ।'

जनप्रतिनिधि नहुँदा पनि  यो  व्‍यवसाय गर्दै आएकोले गरिराखेको काम बिर्सन नसकिने सीमाले सुनाइन्।  पहिला बेरोजगारीसँगै खानलाउन अनेकौँ समस्या हुने समयमा सिकेको पेसालाई अहिले जनप्रनिधि भइयो भन्दै छोड्नु आफ्ना लागि गलत हुन्छ भन्ने मान्याताका साथ फुर्सद्धको समयमा सिलाइकटाइमा व्‍यस्त हुने  सीमाको भनाइ छ।

सिक्न चाहनेलाई नि:शुल्‍क तालिम

सिलाइकटाइ पेसामा लागेर अहिलेसम्म १० जना महिला लाई आफूले सिलाइकटाइ तालिम दिएको उनी बताउँछिन्। सिक्न चाहने जोकोहीलाई नि:शुल्क सिकाउने गरेको उनको भनाइ छ। १२ बर्ष देखि यो पेशामा आबद्ध छु। उनले भनिन्, 'यो सिलाइकटाइ पेसा जीविकोपार्जन गर्ने गतिलो माध्यम हो। त्यसैले बेरोजगार महिला जोकोही आए पनि नि:शुल्क  तालिम दिइने र दिँदै आएको सीमाको भनाइ छ।

जनप्रतिनिधिले तलब खानु गलत

आफूले कार्यपालिका सदस्य भएर ११ हजार तलब पाउँदै आए पनि  जनप्रतिनिधि भएर  तलब खानु सरासर गलत भएको सीमाको भनाइ छ। 'जनताको सेवा गरौँला सुखदु:खमा साथ दिउँला भनेर निवार्चनमा होमिएका हौँ। तलब खाउँला यस्तो उस्तो गरौँला भनेर होइन।' उनले थपिन्, 'अहिले जनप्रतिनिधिलाई  तलब दिइएको छ, जुन  एकदमै गलत भएको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.