|

सुर्खेत : दैलेखलाई केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्यूडको भूकम्प गएको छ। 

शनिबार राति १२ बजेर ३६ मिनेटमाा दैलेखको नौ मुले गाउँपालिकाको बालुवाटारलाई केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

भूकम्पबाट भएको क्षतिबारे केही विवरण प्राप्त भएको छैन । मध्यराति भूकम्प भएपछि मानिसहरू त्रसित भएका थिए। मध्यपश्चिमी र सुदूरपश्चिमी पहाडमा यसअघि पनि साना भूकम्पका धक्का गइरहेका छन्।

यसअघि गत वैशाख १ गते बझाङ केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो । गत वैशाख ११ गते धादिङ केन्द्रबिन्दु भएर तीनवटा भूकम्पको धक्का महसुस भएको थियो। तर ती गोरखा भूकम्पका परकम्प रहेका बताइएको छ।  

 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.