|

काठमाडौं :  निरन्तर शनिबारकाे यसपटककाे शृङ्खलामा कवि हेमप्रभास र गजलकार जय गाैडेल प्रस्तुत भएका छन्। कार्यक्रममा कवितासम्बन्धी आफ्नाे धारणा राख्ने क्रममा कवि हेमप्रभासले कविताका विषयमा आजसम्म कति धेरै विद्वानहरूले बाेले/लेखे पनि कविताका कुरा नसिद्धिएका र यही नै कविता हाे भन्न नसकिएकाे प्रसङ्ग उप्काए।

उनले कलाका विभिन्न विधाहरूमध्ये कविता श्रेष्ठ भएकाे र प्रकृतिले दिने आनन्द यसले दिने जिकिर गरे। कविता हृदयकाे स्पन्दन हाे भन्दै उनले मानिसकाे जीवन कविताबाट विमुख हुन नसक्ने बताए। कार्यक्रममा कवि हेमले पत्रकाे सरांश, मेरा बा किसान हुन्, तिम्राे भाग्यकाे नीलाे पहाड, कवि किस्नेकाे सपना, नयाँ शताब्दीकाे बूढाे बालक र अधुराे सिलसिला गरी छ वटा कविता सुनाएका थिए।

यसैगरी, यसपटककाे शृङ्खलामा अर्का अतिथि थिए, गजलकार जय गाैडेल। गजलसम्बन्धी आफ्नाे धारणा राख्ने क्रममा गजलकार गाैडेलले गजल गेयात्मक विधा भएकाले यसमा लयकाे पालना अनिवार्य भएकाे बताए। शास्त्रीय लयका अलवा लाेक लयलाई पनि छान्न सकिने र विभिन्न नेपाली लाेक लयमा राम्रा राम्रा गजल लेख्न सकिने उनको धारणा थियो। गजल लेख्दा तुकबन्दी र उक्ति वैचित्रयलाई ध्यान दिनुपर्ने भन्दै एउटा राम्राे गजल लेख्न निकै मिहिनेत र लामाे समय पनि लाग्न सक्ने  अनुभव सुनाए।

कार्यक्रममा गाैडेलले- सबैभन्दा मलाई..., खडेरी छ बाहिर..., छातीभरि देश दुख्छ..., चरी भन्नु मलाई...गरि चार वटा गजल र 'मधुसुदन हाै' शीर्षककाे एउटा छन्द कविता पनि सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.