थाहा संवाद

भियतनाममा प्रधानमन्त्री ओलीको अन्तर्वार्ता, बुद्धका विचार विश्व समुदायलाई दिन सफल भयौं
SHARES

बैशाख ३०, २०७६

    नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध भएको करिब चार दशक भएको छ। यति लामो सम्बन्ध भए पनि प्रधानमन्त्री स्तरीय भ्रमण नेपालले पहिलो पटक गरेको छ। भियतनाम भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भ्रमणबारे गरिएको अन्तर्वार्ता :

    प्रधानमन्त्रीज्यू भियतनामको भ्रमण समग्रमा कस्तो रह्यो?

    यो भ्रमण अत्यन्तै सफल र फलदायी रह्यो। यसका दुई पाटा थिएः पहिलो औपचारिक पाटो सरकारको तर्फबाट र दोस्रो अन्तर्राष्ट्रिय बुद्ध जयन्तीका अवसरमा ११२ राष्ट्रका प्रतिनिधिबीच बुद्धको जन्मस्थलको प्रतिनिधिको हैसियतले बुद्धका विचार, आदर्श र आजको दिनमा त्यसको सान्दर्भिकताको बारेमा विश्व समुदायलाई जानकारी दिनु, यी दुवै सन्दर्भबाट यो भ्रमण सफल र सार्थक रह्यो।

    यो भ्रमणले अब नेपाल र भियतनामबीच कूटनीतिक र व्यापारिक सम्बन्धलाई अगाडि बढाउन कतिको सफल र सहज रहला?

    हो, नेपाल  र भियतनाम लामो समयदेखिका मित्रहरू हुन् जसको कूटनीतिक सम्बन्ध स्थापित भएको करिब चार दशक भएको छ। तर प्रधानमन्त्रीको स्तरमा यो मेरो भ्रमण पहिलो हो। यस सिलसिलामा विभिन्न पक्षसँग घनिभूत छलफल भएका छन्। अब हाम्रो कूटनीतिक, आर्थिक, सांस्कृतिक, धार्मिक र अन्य बहुपक्षीय सम्बन्ध सुदृढ र सुमधुर हुन्छ। व्यापार विस्तार हुन्छ। नेपाली उत्पादनको निर्यात बढ्छ। करिब दश करोड जनसङ्ख्या भएको देशमा नेपाली उत्पादनको निर्यात बढाउनुपर्छ।  यो भ्रमणबाट ती काम हुन्छन्।

    यहाँले विश्व समुदायसँग आगामी वर्ष ‘युएन डे अफ भैषाख’ दिवसको कार्यक्रम नेपालको लुम्बिनीमा गर्ने उद्घोष गर्नुभएको छ, त्यसको तयारी के छ?

    मैले यस विषयमा संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग छलफल गरेको छु र केही आन्तरिक तयारी पनि हुँदैछ।

    यो भ्रमण साना र विकासशील देशको सहकार्य र एकताका लागि पनि हो कि?

    अवश्य पनि, हामी हाम्राजस्ता समानता भएका देशसँग सहकार्य र एकता अगाडि बढाउछौँ। हिजोका दिनमा हामीले असंलग्न आन्दोलनलाई निकै मजबुत बनाएका थियौँ, अब फेरि यस्ता सामयिक मुद्दा सशक्तरूपले अगाडि बढाउनुपर्ने छ।

    यो भ्रमणको सिलसिलामा केही दुई पक्षीय सम्झौता भएका छन् अब यसको कार्यान्वयन पक्ष कस्तो रहला?

    यी सम्झौता छिट्टै कार्यान्वयनमा आउँछन्। यसका लागि परराष्ट्र सचिवस्तरको संयन्त्र बनेको छ यसले आजबाटै काम शुरु गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]