|

काठमाडौं : पशुपतिनाथ मन्दिर ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थल हो। विश्व सम्पदा सूचीमा सूचीकृत रहेको यो मन्दिर क्षेत्रलाई नेपाल भित्रिने लगभग हरेक पर्यटकले आफ्नो भ्रमण सूचीमा समावेश गर्ने गर्दछन्। 

पशुपतिनाथको मुख्य मन्दिर हिन्दु धर्मावलम्बीहरूले मात्र प्रवेश पाउने हुनाले धेरै विदेशी पर्यटक मन्दिरको पछाडिको भागबाट दर्शन गर्ने र त्यहाँ देखिने चहलपहलमा रमाइरहेका देखिन्छन्।

त्यहाँ आउने धेरै जसो पर्यटकको आकर्षण भनेको हिन्दु धर्मावलम्वीहरूले गर्ने पूजा, श्राद्ध, अन्तिम संकारका साथै त्यस क्षेत्रमा बस्ने बाबाहरूसँगको अन्तक्रिया हुने गर्दछ।

फोटोमा हेर्नुहोस् पशुपतीमा रमाउँदै विदेशी पर्यटक :

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.