सिन्धुली : कर्मचारी अभाव हुँदा यहाँस्थित फिक्कल गाउँपालिकामाको काम प्रभावित भएको छ । समायोजनपछि अधिकांश कर्मचारी अन्यत्र जाँदा फिक्कल गाउपालिकामा कर्मचारी अभाव भएको हो ।
यहाँ १९ जना निजामती कर्मचारीको दरबन्दी छ। तर प्रमुख प्रशासकीय अधिकृत मात्रै कार्यरत छन् । हाल गाउँपालिकामा निजामतीतर्फ आफू मात्रै रहेको फिक्कल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रिजालले बताए ।
उनका अनुसार यहाँका सबै वडा कार्यालयमा वडा सचिव नहुँदा काम प्रभावित भएको छ । गाउँपालिका कार्यालय १५ जना करारका कर्मचारीले चलाउँदै आएको रिजालको भनाई छ ।
वडासचिव नहुदाँ पाँचवटा वडा कार्यालय तत्कालीन गाविसका प्राविधिक सहायकले र एउटा वडा करारका कर्मचारीबाट सञ्चालन हुँदै आएको अधिकृत रिजालले बताए ।
सिन्धुलीको पूर्वी विकट गाउँपालिका फिक्कलमा कार्यालय भवनसमेत छैन। ‘कर्मचारी र आवश्यक कोठा नहुँदा कार्य सम्पादनम समस्या हुने गरेको छ ।’ हाल गाउँपालिका कार्यालयमा नगर प्रहरी, कार्यालय सहयोगीसहित १३ जना कर्मचारी छन् ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।