|

काठमाडौं : राजसंस्था अन्त्य भएसँगै ज्ञानेन्द्र शाह साधरण नागरिकसरह भइसकेका छन्। बेला बेला देश दौडाहा गरिरहने पूर्वराजा शाह रेस्टुरेन्टतिर पनि झुल्किन्छन्। 

केही दिनअघि शाह काठमाडौंको दरबार मार्गस्थित किङ्स लाउन्जमा परिवारसहित झुल्किए। उनले त्यहाँ ३ घण्टा समय बिताए । गत शुक्रबार पूर्वराजा शाहले आफ्ना परिवारका सदस्यसहित ह्याप्पी फ्राइडे मनाएका हुन् । 

श्रीमती कोमल शाह, बुहारी हिमानी शाह लगायतका साथमा उनीस् किङ्स लाउञ्ज पुगेका थिए । झण्डै ४० आफन्तको साथमा किङ्स लाउन्ज पुगेका ज्ञानेन्द्रले त्यहाँ बस्दा खुसी साटासाट गरे।

सुट पाइन्टमा सजिएर औपचारिक शैलीमा किङ्स लाउन्ज पुगेका उनी हर्षित मुद्रामा देखिएका थिए । साँझ साढे ७ बजे सुरक्षाकर्मीको बाक्लो उपस्थितीबीच दरबारमार्ग पुगेका ज्ञानेन्द्रले लाइभ म्युजिकको साथमा स्वादिष्ट भोजनको मज्जा लिएका थिए । 

सहभागी सबैले किङ्स लाउन्जमा उपलब्ध विभिन्न प्रकारका स्वादिष्ट खानाको स्वाद लिँदै गर्दा ज्ञानेन्द्रले खानाको प्रंशसा गर्दै सञ्चालकलाई धन्यवाद दिएका थिए । लाउञ्जले मिलाएको सुरक्षा प्रबन्धको उनले तारिफ गरे।

त्यस क्रममा ज्ञानेन्द्र र उनका परिवारका सदस्यहरुले लाउन्जमा उपस्थित फ्यानहरुसित फोटोसमेत खिचाएका थिए । शाहलाई किङ्स लाउन्ज सञ्चालक तथा व्यवस्थापनका साथै सर्वसाधारण स्वागत र सम्मान गरे । 

पूर्वराजपरिवारका तर्फबाट पहिले नै रेस्टुरेन्ट बुकिङ गरिएको थियो । पूर्व राजा सहभागी उक्त दिन लाउन्जमा किङ्स ब्याण्डका राकेश खालिङ, अन्जली राई लगायतले विभिन्न मौलिक नेपाली गीत संगित प्रस्तुत गरेका थिए । 

लाउन्जमा चाइनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल परिकार हरेक दिन फरक फरक स्वादमा आन पाइन्छ । बिहान ११ बजेदेखि राति साढे १२ बजेसम्म संचालन हुने लाउञ्जमा साँझ ६ बजेसम्म सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीसमेत हुने गरेका छन् । 

यसैबीच किङ्स लाउञ्जले आगामी जेठ ९ गतेबाट पोखराको लेकसाइडमा पहिलो शाखा सञ्चालनमा ल्याउने भएको छ । नयाँ वर्षदेखि सेवा सुरु गरिसकेको लाउञ्जले औपचारिक कार्यक्रम गरी पोखरामा सेवा सुरु गर्न लागेको हो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.