काठमाडौं : विश्वमै पहिलोपल्ट एसिया कप ट्वान्टी–२० ह्विलचियर क्रिकेट बुधबार नेपालमा सुरु हुँदै छ। बुधबारदेखि जेठ चार गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका राष्ट्रिय टिमले भाग लिने छन्।
बुधबार आयोजक नेपाल–भारतबीचकाे खेल विहान ९ बजे सुरु हुनेछ । आजै हुने दोस्रो खेलमा बंगलादेश–पाकिस्तानले दिउँसाे २ बजे प्रतिस्पर्धा गर्नेछन्। क्रिकेटको अन्तर्राष्ट्रिय नियमअनुसार खेलाइने भए पनि बाउन्ड्री ५० मिटर र पिच १८ यार्डको हुनेछ। चार टोलीले एकअर्कासँग खेल्नेछन्।
लिग चरणबाट शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। आयोजक संघले मंगलबार पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। सबै सहभागी देशको टोली काठमाडौं आइसकेको आयोजक संघका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जनाए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।