|

धनकुटा : धनकुटामा जारी शहीद भीमनाराण गोल्डकपअन्तर्गत बुधबारदेखि सेमिफाइनलका खेलहरु हुँदैछन्। धनकुटाको तलो टुँडिखेलमा हुने पहिलो सेमिफाइनलमा मोरङको बिन्दाबासिनी फुटबल क्लबले क्यामरुनको दाफिन्स क्लबको सामना गर्नेछ।

बिन्दाबासिनी फुटबल क्लब ए डिभिजनका खेलाडीले भरिएको टिम हो भने दाफिन्स मोफसलमा भएका प्रतियोगितामा उपाधि जित्दै आएको टिम हो। बिन्दाबासिनीले रोयल एफसी भारत र दाफिन्सले सुनसरीको धरान फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।

त्यस्तै, बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा बिर्ता युनाइटेड क्लब, झापा र सशस्त्र प्रहरी बल एपिएफ काठमाडौंबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। बिर्ता युनाइटेड क्लबले आयोजक धनकुटालाई र एपिएफले फ्रेण्डस क्लबलाई हराउँदै सेमिफाइनलमा पुगेको हो।

गत शनिबारदेखि जारी प्रतियोगितामा विभिन्न विभागीय तथा दुई अन्तर्राष्ट्रिय टिमसहित आठ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले चार लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.