|

डडेल्धुरा : डडेल्धुराको भागेश्वर गाउँपालिकाले जिल्लामै पहिलो पटक स्मार्ट कार्ड प्रयोग गरी मेसिनबाट ‘सेनेटरी प्याड’ निकाल्ने मेसिन सञ्चालनमा ल्याएको छ।

गाउँपालिका-४ मा रहेको सरस्वती माध्यमिक विद्यालय बगरकोटमा सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिकी अध्यक्ष कौशीला भट्टले बताइन्।

‘छात्राहरुलाई चाहिएको बेला भिन्नै मेसिनमा स्मार्ट कार्ड छिराएर प्याड निकाल्न सक्नेछन्। विद्यालयमा अहिले १ सय १० वटा स्मार्ट कार्ड वितरण गरेका छौँ’ उनले भनिन्।

सेनेटरी प्याड मेसिन किशोरीलाई सुरक्षित महसुस हुने भिन्नै स्थानमा राखिएको उनले बताइन्। उनले भनिन, ‘अब अन्य माध्यमिक विद्यालयमा पनि सेनेटरी प्याड निकाल्ने मेसिन राख्ने योजनामा छौं।’

मेसिन राखेपछि महिनावारीका कारण छात्रा दुई/तीन दिनसम्म विद्यालय नआउने, आइहालेमा पनि सेनेटरी प्याड प्रयोग गर्न नपाउने र कक्षा छाडेर बाहिर निस्कनुपर्ने बाध्यता अन्त्य हुने विद्यालयकी शिक्षिका भुवनेश्वरी शाहीले बताइन्।

ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको सहयोगमा छात्राको महिनावारी स्वच्छता व्यवस्थापनका लागि स्वचालित सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिकाले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.