|

भद्रपुर, (झापा) : भद्रपुर नगरपालिका कार्यालयले नगरको बजेट, नीतिसहितको योजना छनोट गर्दा एकलौटी रूपमा तयार पारेको वडा अध्यक्ष, वडा सदस्यलगायत सहभागीहरूले आरोप लगाएका छन्।  

भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि बजेट, नीति तथा कार्यक्रम तयारीका लागि पूर्वयोजना गोष्ठीमा सहभागी वडा अध्यक्ष र सदस्यहरुले यस्तो आरोप लगाएका हुन्। नगरपालिकाका प्रमुख, उपप्रमुख र कर्मचारीहरूले राजनीतिक पूर्वाग्रहको भरमा जनप्रतिनिधिहरूलाई सामेलनै नगरी योजनाहरू तयार गर्दा जनताको भावना समेट्न नसकिएको उनीहरुको गुनासो छ।

७ नम्बर वडा अध्यक्ष विनोद पोखरेलले नगरपालिकाले योजना तर्जुमा गर्दा सवै वडाका वडा अध्यक्ष तथा सदस्यहरूलाई सहभागिता नगराई एकलौटी रूपमा आगामी आर्थिक वर्ष ०७६/०७७को बजेट नीति तथा कार्यक्रमको तालिका सार्वजनिक गरेको आरोप लगाए।

नीति तथा कार्यक्रम एकलौटी ढंगले तयार पारिएको बताउँदै ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले नगरपालिकाले नगरका विकासे योजनाहरुको काम सुरु गरेपनि अधुरा छोडने गरेको गुनासो पोखे। उनका अनुसार भद्रपुरको महेन्द्र पार्कको मर्मत संभार नहुदा जीर्ण हुँदै गएको कारण यस क्षेत्रमा घुम्न आउने पर्यटकहरुले नाक खुम्चाउने थालेकोले त्यसको उचित व्यवस्थापन हुनुपर्ने, सगरमाथा चोकदेखि गिरीचोकसम्म विगत लामो समयदेखि  दर्जनौँ स्थानमा खानेपानीको पाइप फुटेकाले नगरबासी दुषित खानेपानी खान वाध्य भए पनि यसतर्फ नगरपाकिलाले चासो नदेखाएको बताए।

त्यस्तै ८ नम्बर वडा अध्यक्ष गौरव सुब्वा (मनोज) र ४ नम्बर वडा अध्यक्ष  हंशधर राजवंशीले बोर्ड बैठकमा समेत योजनाको बारेमा छलफल नगरी एकै पटक योजनाको प्रतिवेदन पेश गरेको गुनासो पोखे।

कार्यक्रममा चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिव बाबुराम कार्की, भद्रपुर गौशालाका अध्यक्ष राजेन्द्र चापागाई, आदिवासी जनजाती नगर समन्वय समितिका अध्यक्ष क्यानेन्द्र लिम्बू, जेष्ठ नागरिक धनप्रसाद शिवाकोटी, डिभिजन वन कार्यलय झापाका प्रमुख विष्णुलाल घिमिरे, नेकपा भद्रपुर अध्यक्ष शिवराज भण्डारी, नेपाली कांग्रेशका  मनकमुार कोईराला, राष्ट्रिय प्रजातन्त्र पार्टी भद्रपुरका अध्यक्ष बाबुराम पराजुली लगायतले कार्यक्रममा बोल्दै  खानेपानीको  सुधार, सडक व्यवस्थापन, विद्युत,   जेष्ठ नागरिक, स्वास्थ्य, शिक्षा, सरसफाई खुला दिशामुक्त  क्षेत्र, डम्पिङ्ग साईड, कोल्ड स्टोर्स, कृषि,  संचार, साहित्य लगायतका महत्वपुर्ण विषयहरुलाई आगामी बर्षको योजनाले नसमटेको बिषयमा आआफनो धारणा राखेका थिए।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीबहादुर श्रेष्ठले आगामी आर्थिक वर्ष नगरपालिकालाई अन्तरदेशीय व्यापारिक नाकाको रुपमा विकास गर्ने, अर्गानिक उत्पादनको क्षेत्र तोकी तरकारी खेती फलफुल उत्पादन, माछा मासु, पशुपालन तथा दुग्ध उत्पादन व्यवसायमा आत्मनिर्भर बनाउने, आधारभूत पूर्वाधार सम्पन्न वनाउने, नगरमा लगानी मैत्री वातावरणको सृजना गरी कृषि उद्योग तथा व्यापार व्यवसाय र पर्यटनलाई प्रवद्घन गर्ने, शिक्षा स्वस्थ्य, यातायात, रोजगार शान्ति सुरक्षाजस्ता आधारभुत अधिकारको स्थापना गरी उपयुक्त वातावरण सिर्जना गर्ने, समाजमा शान्ति एकता सद्भाव वढाउने महिला हिंसा विरुद्घका कार्यक्र वालमैत्रि अशक्त असहाय गरिव तथा जेष्ठ नागरिकको सम्मान तथा उनीहरुको अधिकार सुनिश्चत गर्ने लगायतका विषयहरुलाई कार्यपत्रमार्फत प्रस्तुत गरेका थिए। 

नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सामाजिक शाखाका अधिकृत राजन न्यौपानेले गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.