|

काठमाडौं : 'हामी कवि र कविता'मा कवि विप्लव प्रतीक र रमेश सायनले आफ्ना कविता प्रस्तुत गरेका छन्। सर्वनाम थिएटरमा भएको कार्यक्रममा कविद्वयले आफ्ना नयाँ तथा पुराना कविता सुनाएका थिए।

हरेक महिना केही नयाँ कविता सुनौँ भन्ने मुख्य उद्देश्य सर्वनाम थियटर र श्री लुङकरणदास-गङ्गादेवि चौधरी साहित्यकला मन्दिर संयुक्त आयोजना भएको कार्यक्रममा पहिलो चरणमा आएका कवि सायनले इटहरीबाट काठमाडौं आउँदा आफ्ना कविता सुन्न आउने पाठकको संख्या यति धेरै हुन्छन् भन्ने कल्पनासमेत धारणा व्यक्त गरे। उनले  जागिर, धनीमाया थारू उमेर ८४, परिचय, यथार्थ, बुख्याँचा, हिउँदको लामो रातलगायत एक दर्जन कविता सुनाए।

यस्तै, कवि विप्लवले  सर्वनाम नाटकघरको आफ्नै गौरवमय इतिहास रहेको बताउँदै कविता वाचन सुरु गरे। सर्वनाममा कविता वाचन गर्न पाउनु सुखद क्षण रहेको बताए। उनले 'मेरो खुल्दुली', 'जेब्राक्रसमा एउटा कुकुर','हामी बाँचेको युग','नहारेको मान्छे', 'बा', 'मलाई मन छ' लगायतका कविता सुनाए। अन्तिममा उनले मलाई मन छ म भएको कसैलाई थाहा नहोस्।मलाई मन छ म गएको पनि कसैलाई थाहा नहोस् भन्ने कविता अंश सुनाउँदै मञ्‍चबाट बिदा भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.