|
फाइल फोटो

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि लागेको अस्थिरताको आरोप अस्वीकार गरेका छन्।

राजनीतिमा विगतदेखि नै एक ठाउँमा रहन नसक्ने भन्ने आरोपको प्रचण्डले बुधबार काठमाडौंमा आयोजित युवा संघ नेपालको २९ औँ स्थापना दिवसमा ठट्टा गर्दै जवाफ दिएका थिए।

प्रचण्डले परिवर्तनका लागि आफू सधैँ चलायमान रहेको र आगामी दिनमा पनि चलायमान रहने बताएका थिए। कार्यक्रममा उपस्थित युवा नेताहरूलाई आफू कस्तो नेता हो भन्ने कुरा इतिहासले मूल्यांकन गर्ने प्रचण्डले बताएका थिए।

माधवकुमार नेपाल नेपाली कम्युनिस्ट आन्दोलनको ठूलो नेता भएकाले पहिलो संविधानसभा निर्वाचनमा पराजित भएको अवस्थामा ल्याउन आफूले पत्र लेखेको प्रचण्डले सम्झिएका थिए। त्यस्तै झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन छापामार शैली अपनाएको प्रचण्डले बताए। प्रचण्डले केपी शर्मा ओलीलाई दुई फटक प्रधानमन्त्री बनाउन भूमिका खेलेको भन्दै तत्कालिन एमाले तथा हालका नेकपाका शीर्ष नेताहरूलाई प्रधानमन्त्री बनाउन भूमिका खेल्ने आफू अस्थिर कि गज्जबको नेता के हो भन्ने छुट्याउन कार्यकर्तालाई आग्रह गरेका थिए।

भिडियोः

प्रचण्डले तत्कालिन एमालेका शीर्ष नेताहरू नेपाल, ओली र खनालसँग जनयुद्धका बेलामा नै राम्रो सम्बन्ध रहेको बताएका थिए।

हाल युवाहरूमा अध्ययन र गहन बहसको कमी आएकोमा प्रचण्डले चिन्ता व्यक्त गरेका थिए। उनले भने, 'युवाहरूमा अध्ययनप्रति अरुची हो कि भन्ने चिन्ता लाग्ने गरेको छ। हाम्रो पालामा यस्तो थिएन। रातदिन अध्ययन बहस गर्ने, त्याग  र तपस्या गर्ने अवस्था थियो।'

प्रचण्डले पार्टी एकताको अन्तिम काम अब छिट्टै सकिने र घोषणा हुने पनि जानकारी दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.