|
File Photo

दमक, झापा : नेपाली कांग्रेसका नेता, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले सरकार नेपाली कांग्रेसको निगरानीमा रहेको बताएका छन्।

झापाको दमकमा बुधबार कार्यकर्ता भेटघाटमा क्रममा उनले जनताले कांग्रेसलाई पाँच वर्षसम्म प्रतिपक्षमा रहन जनादेश दिएको भन्दै पार्टीले सरकारको कार्यशैलीप्रति मसिनो गरि निगरानी बढी रहने स्पष्ट पारे। अहिले सरकारले गरेका गलत कामको निगरानीले आगामी चुनावमा हिसाव गर्ने उनको भनाई छ।

सो क्रममा उनले सरकारका गलत क्रियाकलापको प्रतिकार गर्न कार्यकर्तालाई पनि निर्देशन दिए। उनले सरकारका कारण देशमा सुशासन  कमजोर भएको र कार्यकर्ता पोस्ने काम मात्र भएको भन्दै यस्ता कृयाकलापको भण्डाफोर गर्न निर्देशन दिएका हुन्।

सो क्रममा उनले अहिले भ्रष्टाचार बढेको भन्दै आफनो ठाउँमा भईरहेका बिकास निर्माणका कार्यमा अनुगमन गर्न कार्यकर्तालाई निर्देशन दिए । वर्तमान सरकारले बिकास निर्माणका काममा आफ्ना आसेपासे र कार्यकर्ता पोस्ने काम गरेकाले अब त्यसलाई नियन्त्रण गर्न कांग्रेस कार्यकर्ताले त्यसको अनुगमन गरेर वास्तविकता बाहिर ल्याउनु पर्ने जोड दिए।

दमकमा हुने भनिएका ठूला योजनाहरूको विषयमा अनुगमन गरेर हुन सक्ने भ्रष्टाचार रोक्न कांग्रेस कार्यकर्ता लाग्नु पर्ने उनको भनाई थियो। विकास निर्माणका विभिन्न योजनाका विषयमा निरन्तर अनुगमन र खबरदारी गर्न निर्देशन दिँदै नेता सिटौलाले विकाससँगै भ्रष्टचार बढ्ने भन्दै त्यसलाई कडाईका साथ रोक्न कांग्रेस कार्यकर्ताहरुले विकासका हरेक काममा अनुगमन गर्नु पर्ने बताए।

सो अवसरमा सिटौलालाई दमक क्षेत्रमा हुने भनिएका ठुला योजनाका बिषयमा कांग्रेस नगर सभापति रोशन विष्टले जानकारी गराएका थिए। सभापति विष्टले दमकमा आउने भनिएका औद्योगिक पार्क, बुद्ध मूर्ति, भ्युटावर लगायतका योजनामा स्थानीय सरकारले नगरका सरोकारपक्ष, नागरिक र अन्य राजनीतिक दलसँग कुनै परामर्श नगरेको आरोप लगाएका थिए।

त्यसैगरी झापा, कमल गाउँपालिका ५ मा निर्माणाधिन आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानका विषयमा पनि प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईले नेता सिटौलालाई जानकारी गराएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.