|

काठमाडौं : अर्थविद्हरूले संघीयता अनुकूल हुने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन्।

अर्थविद् एवं नेपाल सरकारका पूर्वमुख्यसचिव डा. विमल कोइरालाले संघीयता अनुकूल हुने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएका हुन्। बुधबार काठमाडौंमा आयोजित बजेट विशेष साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनताको जीवनस्तरमा सुधार हुने गरी बजेट ल्याउनु सरकारको मुख्य कर्तव्य भएको पनि स्मरण गराए।

अर्का अर्थविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग आग्रह गरे। उनले नयाँ बजेटले जनतामा उत्साह छाउनुपर्ने धारणा पनि राखे।

अर्थविद्हरूले जनताको चाहनाअनुसार सरकारले नीति तथा कार्यक्रम ल्याउन नसकेको दावी पनि गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.