|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सवारीका कारण हवाई र सडक सेवा प्रभावित भएको छ। प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया भ्रमण गरेर बुधबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा प्रभावित भएको हो।

सो समयमा अन्य उडान बन्द भए। विमानस्थल कार्यालयका अनुसार प्रधानमन्त्री ओली बैंककबाट काठमाडौं आउने क्रममा उनी चढेको जहाज अवतरणभन्दा १५ मिनेटअघि र अवतरणको १५ मिनेट पछिसम्म सबै उडान तथा अवतरण बन्द भएका हुन्।

यता, ६ बजेर ५३ मिनेटदेखि आधा घण्टा उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ। आधार दर्जन उडान तथा अतवरण प्रभावित भएका छन्।

यसैगरी,  सडक यातायात पनि प्रभावित भएको छ। प्रधानमन्त्रीको सवारीका कारण एयरपोर्ट, सुचना विभाग, तिलगंगा, गौशाला, रातोपुल, ज्ञानेश्वर, ल्होत्से चोक, नक्साल भगवती, छातेगणेश, भाटभटेनी र बालुवाटार हुँदै चल्ने सवारी साधनहरू दुईतर्फी रूपमा प्रभावित भएका हुन्। १० देखि १५ मिनेट यातायात प्रभाभिवत भएको महानगरिय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा गत वैशाख २६ देखि ३० वैशाखसम्म भियतनाम र त्यसपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडिया भ्रमण सकेर बुधबार साँझ उनी स्वदेश फर्किएका हुन्। सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी अर्पण गरेको थियो।

उनका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतका प्रतिनिधिमण्डलका सदस्य पनि बुधबार प्रधानमन्त्रीसँगै स्वदेश फर्किका छन्। उनीलगायतको टोली नेपाल एयरलाइन्सको उडानबाट स्वदेश फिर्ता भएका थिए।    

 प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.