|

धनगढी : सुदूरपश्चिम प्रदेशसभाको बर्से अर्थात् बजेट अधिवेशन बुधबारदेखि सुरु भएको छ। वैशाख १२ गते अन्त्य भएको अधिवेशन बुधबारदेखि सुरु भएको हो। बुधबार दिउँसो ३ बजे सभामुख अर्जुन बहादुर थापाले प्रदेश प्रमुख मोहनराज मल्लको पत्र पढेर बैठक प्रारम्भ भएको जानकारी गराएका थिए।

पहिलो दिन बुधबार विशेष समयमा ५ जना प्रदेशसभा सदस्यहरूले धारणा राखेका छन्। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका तारालामा तामाङ, वीरमान चौधरी र कुन्ती जोशीले धारणा राखेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका रणबहादुर रावल र भरत बहादुर खड्काले धारणा राखे। राजपाका तर्फबाट मालामती रानाले धारणा राखेकी थिइन्।

प्रतिपक्षीले विशेष समयमा सरकारले काममा गति दिन नसकेको आरोप लगाएका छन्, सत्तारुढ दलका सांसदहरूले त्यसको बचाउ गरेका थिए। बुधबार प्रदेश सभा बैठकमा उद्योग पर्यटन बन तथा वातावरण मन्त्री माया भट्टले प्रादेशिक औधोगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबल गरेकी थिइन। प्रदेश सभाको अर्को बैठक बिहीवार दिउँसो ३ बजे आह्वान गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.