|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली  एक साता लामो भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन्।

बैशाख २६ गते भितयनाम गएका प्रधानमन्त्री त्यसपछि कम्बोडियाको औपचारिक भ्रमणमा गएका थिए।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा गत वैशाख २६ देखि ३० वैशाखसम्म भियतनाम र त्यसपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडिया भ्रमण सकेर प्रधानमन्त्री ओली बुधबार साँझ स्वदेश फर्किएका हुन।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल,  गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, मन्त्रीहरू, सांसदहरू र उच्चपदस्थ सरकारी तथा सुरक्षा अधिकारीहरूले स्वागत गरेका थिए।

भियतनाममा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुका साथै दुईपक्षीय छलफल गरेका थिए भने कम्बोडियासँग विभिन्न दुई पक्षीय वार्ता तथा सम्झौता भएका थिए। प्रधानमन्त्री ओलीकै भ्रमणका क्रममा नेपाल र भियतनामबीच सिधा हवाइ उडान गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.