|
File Photo

भद्रपुर, (झापा) : झापाको हल्दिवारीमा ६ बर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई बलात्कार गर्ने किशोर फरार रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

हल्दिबारी गाउँपालिका ३ बस्ने अन्दाजी १६ वर्षीय किशोरले छिमेकी बालिकालाई जबरजस्ती करणी गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। स्थानीय एक विद्यालयको बाल विकास कक्षामा अध्ययनरत ती बालिकालाई सोही विद्यालयमा पढने किशोरले बलात्कार गरेको पीडितका परिवारजनले प्रहरीमा उजुरी दिएको छ।

प्रहरीका अनुसार गत विहीबार बेलुका विद्यालयबाट घर फर्किने क्रममा मकैबारीमा फलेको पुटुकी खान जाउ भन्दै बालिकालाई जबरजस्ती करणी गरेको थियो।  बलात्कृत भएकी बालिका घर रुदै पुगेपछि घटना बाहिरीएको हो।

ती किशोरले यसअघि पनि ती बालिकालाई पटक पटक बलात्कार गरेको समेत खुलेको छ। हाल बालिकाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको जनाइएको छ। घटनापछि पीडित बालिकाका परिवारजनले प्रहरी चौकी वडाबारीमा उजुरी दिएको छ। यता प्रहरी कार्यालय झापाले फरार रहेको किशोरको खोजी कार्य गरिरहेको डिएसपी श्रेष्ठको भनाई। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.