समाज

पशुपति क्षेत्र जोगाउन तिलगंगा-ताम्रगंगा सडक बन्द
SHARES

जेठ १, २०७६

    काठमाडौं : सांस्कृतिक सम्पदाका दृष्टिले खुल्ला संग्रहालयका रूपमा रहेको पशुपति क्षेत्रको अस्तित्वमा आँच आउन नदिन तिलगंगा–ताम्रगंगा सडक बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

    संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) र सर्वोच्च अदालतको आदेशमा सडक बन्द गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पशुपति क्षेत्रमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण ५०० मठ–मन्दिर, पाटीपौवा, घाट, विहार–चैत्य रहेको खुल्ला सङ्ग्रहालय भएकाले यसको संरक्षणका लागि सडक बन्द गर्नुपरेको जनाइएको छ।

    सडक बन्द गर्न युनेस्कोको मुख्य कार्यालयले सन् २०१२ मे ११ तारिखका दिन नेपाल सरकारकालाई पत्र लेखी तिलगंगा–ताम्रगंगा सडक बन्द नगरेर पशुपति क्षेत्रलाई विश्व सम्पदा सूचीबाट हटाइदिने चेतावनी दिएको थियो।

    अधिवक्ता तुलसी सिम्खडाले यो सडक बन्द गराउन सर्वोच्च अदालतमा हालेको रिटमा नेपाल सरकारका नाममा उत्प्रेषणयुक्त परमादेश जारी भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले कोषलाई पटक÷पटक सडक बन्द गर्न पत्राचार गरेको थियो।

    युनेस्को र सर्वोच्च अदालतका आदेश एवं मन्त्रालयको पटक-पटकको पत्राचार कार्यान्वयन गराउन कोषले गत पुस ३ गते गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशन गरी सडकमा पर्खाल लगाउन ठेक्का आह्वान गरेको थियो। जसअनुसार पिआर कन्स्ट्रक्सन भक्तपुरसँग गत वैशाख १२ गते सम्झौता भएको थियो।

    सम्झौता बमोजिम निर्माण व्यवसायीले वैशाख ३० गते सोमबारदेखि काम शुरु गरेकाले सडक बन्द भएको कोषका सदस्य सचिव डा. ढकालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]