|

सोलुखुम्बु : सगरमाथा आरोहणको आज तेस्रो दिन करिब सयभन्दा बढी आरोही शिखर पुग्ने क्रममा रहेका छन्। वसन्त ऋतुमा आरोहण अनुमति आएका आरोही अहिले शिखरतर्फ धामधम गइरहेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार बिहीबार सयभन्दा बढी आरोही शिखरमा पुग्नेछन्। पहिलो दिन मंगलबार ८ जना गाइडले बाटो बनाउँदै शिखर पुगेपछि यो यामको आरोहण सुरु भएको हो। बुधबार करिब २५ भन्दा बढी आरोही शिखर पुगेको सम्पर्क अधिकृत श्रेष्ठले आधारशिविरबाट जानकारी दिए। 'यकिन विवरण नभए पनि २५ भन्दा बढीले आरोहण गर्नुभएको छ।' श्रेष्ठले भने, 'सोही संख्या भित्र कामीरिता शेर्पासमेत पर्नुहुन्छ।'

यो याममा पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि ४१ समूहका ३७८ जना आरोहीले आरोहण अनुमति पाएका छन्। जसमा १३ जना नेपाली छन्। अहिले आधारशिविरदेखि माथि आरोहीको भिड देखिने सगरमाथा आरोही विजयघिमिरे विश्वकर्माले जानकारी दिए। आधारशिविरमा आरोहीका सहयोगी, नेपाल सरकारका सम्पर्क अधिकृत छन् भने त्यसमाथि आरोहण दलका सदस्य बढी छन्।

क्याम्प चारसम्म आरोहीका लागि आवश्यक अक्सिजनदेखि खानेकुराहरु समेत बन्दोबस्तीका साथ राखिएको छ। अहिले मौसम अनुकूल भएकाले आरोहण सफल हुने पर्यटन विभागका निर्देशक मीरा आचार्यले बताइन्। आचार्यसहितको एक टोलि आज (बिहिबार) मात्र सगरमाथा आधारशिविरबाट लुक्ला झरेको छ।

गत वर्षको यो सिजनभन्दा अहिले आरोहीको संख्या बढी छ। गत वर्षको यो सिजनमा १५ नेपालीसहित ३६४ जनाले आरोहण अनुमति लिएका थिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.