|

सिन्धुली :  जिल्लामा पछिल्लो समय नसर्ने रोग लागेका बिरामीको संख्या बढेको पाइएको छ। जिल्ला स्वास्थ्य कार्यलय सिन्धुलीको तथ्यांकअनुसार मुटुरोग र क्यान्सरका बिरामी गत वर्षको तुलनामा यस वर्ष दोम्बार संख्यामा बढेको पाइएको हो।  गत आर्थिक वर्ष २०७४/७५मा मुटुरोगका बिरामी ४६ थिए भने यस आर्थिक वर्ष २०७५/ ०७६ मा त्यो संख्या बढेर ८५ पुगेको छ।

क्यान्सर रोगको बिरामी गत आर्थिक बर्ष २०७४/०७५ मा ५३ थिए भने यस आर्थिक वर्ष मा बढेर ७४ पुगेको जिल्ला स्वास्थ्य कार्यलय सिन्धुलीका सूचना अधिकारी वीरेन्द्र मण्डलले बताए।

उनका अनुसार जिल्लामा मिर्गौला रोगका विरामीको संख्या पनि बढेको छ।उनले भने ‘मृगौला रोगका विरामी गत आर्थिक बर्षमा ३२ जना थिए, अहिले त्यो संख्या बढेर ५२ जना पुगेका छन्,जिल्लामा स्पाइनल इन्जुरी र हेड इन्जुरी रोग लागेका बिरामी पनि निरन्तर बढीरहेका छन्।‘

स्पाइनल इन्जुरी रोगका बिरामी गत आर्थिक बर्षमा २४ जना थिए भने यस आर्थिक बर्षमा बढेर ३२ जना पुगेका छन्। हेड इन्जुरी रोगका बिरामी गत आर्थिक बर्षमा १३ जना थिए यस आर्थिक बर्षमा बढेर १८ जना पुगेका उनको भनाइ छ।

सर्ने रोग भन्दा नसर्न रोग निकै जटिल हुने चिकित्सकहरुको भनाई रहेको छ।  पछिल्लो समय सिन्धुलीमा निरन्तर रुपमा नसर्ने रोगका बिरामीको संख्या बढी रहेको छ। जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख शेर बहादुर कालिकोटेले यस्ता नसर्ने रोग नियन्त्रण गर्नका लागी गाउँ गाउँमा जनचेतना अभिवृद्धि गरिने र स्वास्थ्य कर्मीहरुका लागी पनि तालिम गोष्ठी संचालन गर्ने बताए।

नसर्न रोगको बिषयमा सिन्धुली जिल्ला भरका २०० जना स्बास्थ्यकर्मीहरुको लागि चार  दिने गोष्ठी सन्चालन गर्ने तयारी गरिएको जानकारी दिए। चार दिने गोष्ठीका लागि सिन्धुलीबाट दुई जना डाक्टरलाई तालिममा पठाइ सकिएकाले यहि जेठको दोस्रो साताबाट गोष्ठी सन्चालन हुनसक्ने प्रमुख कालिकोटेको भनाइ छ। हरेक स्थानिय तहहरुमा नसर्न रोगका बारेमा जानकारी दिन विभिन्न कार्यक्रम पनि गरिने उनले बताए। 

पछिल्लो समय बढ्दै गएको फरक जीवनशैलीका कारण नसर्ने रोगका बिरामीको संख्या पछिल्लो समय बढ्दै गएको उनको भनाइ छ। उनले भने ‘नसर्ने रोग लाग्नुको प्रमुख कारण खराब जीवनशैली नै हो । जसमध्ये अत्यधिक धूम्रपान, मध्यपान गर्नु, अल्छीपना अर्थात् शारीरिक व्यायाम नगर्नु, प्रदूषण, गलत खानपान आदि कारक तत्व हुन्। अहिले नेपालमा उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सर लगायत रोगका बिरामीको संख्या ह्वात्तै बढ्नुको कारण जीवनशैलीमा हेल्चेक्र्याइँ गर्नुले नै हो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.