|

काठमाडौं :  नेपाल प्रज्ञा प्रतिष्ठानमा शिखा बुक्स र अन्तर्राष्ट्रिय साहित्य समाज नेपालको आयोजनामा कथाकार पदम विश्वकर्माको कथा संग्रह तमसुकको लोकार्पण सम्पन्न भएको छ। प्रमुख अतिथि माया ठकुरी, अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली. प्राडा. खगेन्द्रप्रसाद लुइँटेल, कथाकार तथा अनेसासका निवर्तमान अध्यक्ष पदम विश्वकर्मा, नेपाल लघुकथा समाजका अध्यक्ष तथा पत्रकार श्रीओम श्रेष्ठ रोदन, समालोचक ज्ञानु अधिकारी साहित्यकार दामोदर पुडासैनी, अनेसास नेपालकी महासचिव सन्ध्या पहाडी र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रूपमा कृतिको लोकोर्पण गरे।

पानसमा दीप प्रज्वलन गरी शुभारम्भ गरिएको कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले कथामा परिवेश, पात्रको राम्रो छनोट रहेको कथाकारले राम्रो मिहिनेत गरेको बताए। अर्का वक्ता श्रीओम श्रेष्ठ रोदनले पदम विश्वकर्माको कथा पढ्दा आफैँ रोमाञ्चित भएको भन्दै कथा संग्रहमा सबै पाठकहरूलाई पढन सिफारिस गरे। अनेसासको केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले अनेसासले गरेका कार्य विवरण र लोकार्पण पुस्तक तमसुकको सफलताको शुभकामना व्यक्त गरे।
लेखक विश्वकर्माले आफ्नो पहिलो कथा संग्रह भएकोले यसको प्रतिक्रियाको पर्खाइमा रहेको बताए। आफू सधैँ साहित्य साधनामा लागिरहनेसमेत बताए। 

प्रकाशक पुष्पराज पौडेलले धन्यवाद ज्ञापन गर्दै अब नेपाली साहित्यका पुस्तकहरूलाई अन्तर्रााष्ट्रिय बजार बनाउन अनेसासलाई अनुरोध गरे। कार्यक्रम अनेसास नेपालकी महासचिव सन्ध्या पहाडीको अध्यक्षतामा सम्पन्न भएको थियो। कथाकार तथा अनेसासका निवर्तमान अध्यक्ष पदम विश्वकर्मालाई अनेसास नेपाल च्याटर र वागमती च्याटरको तर्फबाट सम्मान गरिएको यो। कृति शिखा बुक्सले प्रकाशन गरेको  हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.