|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जेम एण्ड ज्‍वेलरी क्षेत्रको उत्खननको लागि आगामी आर्थिक वर्षमा प्रयाप्त बजेट विनीयजन गर्ने प्रतिबद्धता जनाएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पोको उद्घाटनमा प्रधानमन्त्री ओलीले यो क्षेत्रको नेपालमा निकै सम्भावना रहेको भन्दै सरकारको प्राथमिकतामा परेको बताएका हुन्। 

'यसको खोज, प्रशोधन र उत्खननमा सबै केन्द्रित हुनुहोस्, सरकारले मागे भन्दा बढी बजेट विनीयोजन गर्ने छ' प्रधानमन्त्री ओलीले भने सरकार सार्थक परिणामको खोजीमा रहेको छ, त्यसैअनुसारको काम गर्नु होस्।'

प्रधानमन्त्री ओलीले ज्वेलरी नेपाली समाजको लागि महत्त्वपूर्ण विषय भएको भन्दै नेपालमा उत्खनन् गरेर अन्तर्राष्ट्रिय बजारमा भ्यालुएड गर्नु पर्ने बताए। ' यसले सांस्कृतिक महत्त्व पनि झल्काउँछ, हाम्रा पुस्ताले नै प्रयोगमा ल्याएको ज्वेलरीको नेपालले उत्खनन गरे अन्तर्राष्ट्रिय बजारमा भ्यालु एड गर्नु पर्छ'  प्रधानमन्त्री ओलीले भने। 

रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले नेपाली कला कौशल झल्काउनको लागि पनि नेपाली ज्वेलर्स अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन भ्याट छुट लगायतका सुविधा दिनु पर्ने बताए। उनले जेम एण्ड ज्वेलरीमा अध्ययन अनुसन्धान र उत्खननको आवश्यकता परेको बताए।

खानी तथा भूगर्भ विभाग र रत्न तथा आभूषण महासंघको संयुक्त आयोजना गरिएको एक्स्पो तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ। मेलाले निर्यात वृद्धि र आयात प्रवर्द्धनमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.