बम्जनको दर्शन गर्न हजारौंको भिड

|

सिन्धुली : ‘लिटल बुद्ध’का नामले चिनिएका रामबहादुर बम्जन शुक्रबार सिन्धुलीमा देखापरेका छन्। १४ औं विश्व शान्ति महामैत्री पूजाको अवसरमा उनी सिन्धुलीको कमलामाई नगरपालिका-८ पैरेस्थित आफ्नै आश्रममा सार्वजनिक भएका हुन्।

महामैत्री पूजाको समापनको अवसरमा बम्जनले उनका भक्तजनलाई दर्शनसमेत दिए। बिहीबारदेखि सुरु भएको १४ औं विश्व शान्ति महामैत्री पूजाको शनिबार समापन हुँदैछ। पूजाको अवसरमा देशका ७७ जिल्लाका संघ, भक्त तथा अन्तर्राष्ट्रिय बोधि धर्म संघका अनुयायीलाई उनले शुक्रबार बिहानदेखि आर्शीवाद दिइरहेका बोधि मार्गदर्शनमैत्री धर्म संघका केन्द्रीय सदस्य छत्र बहादुर घिसिङले बताए।

बम्जनको धर्ममा आस्था राख्ने ७७ जिल्लाका तथा अन्तर्राष्ट्रिय धर्म संघका महिला, बालबालिका, युवा, जेष्ठ नागरिकलगायत गरि ५ हजार ५० जनाको उपस्थिति रहेको उनले बताए।

आफ्ना आनीहरूलाई बलात्कार गरेको, बेपत्ता पारेको लगायतका आरोप बम्जनमाथि लागेको छ। बम्जनको बोधि मार्गदर्शनमैत्री धर्म अन्तर्गतका मैत्री भाषा, मैत्री लिपि सार्वजनिक गर्दै पहिलो पटक बिहीबारदेखि सोही भाषा र लिपिमा पूजापाठ सुरु भएको उनले बताए। ‘बोधी श्रवण धर्म संघबाट र गुरुज्यूबाट ६ वर्षको कठोर तपस्याबाट प्रतिपादीत भएको मैत्री भाषा, मैत्री लिपिबाट पहिलो पटक पूजापाठ सुरु गरेका छौँ। यो पूजा आइतबार सकिन्छ’ उनले भने।

उक्त भाषा तथा लिपि भने आश्रमभित्र बाहेक बाहिर सार्वजनिक गरिएको छैन। उनका अनुसार भर्खर ल्याइएको लिपीको वर्णमालाको शुद्धाशुद्धीलगायत अन्य कुरा मिलाइसकेपछि मात्र बाहिर सार्वजनिक गरिने छ। अहिले अनुयायीलाई प्रशिक्षण स्थलमा मात्र उक्त लिपी पढ्ने अनुमति रहेको उनले बताए। लिपीको सबै काम सकिएपछि सार्वजनिक गरिने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.