|

जनकपुरधाम : जनकपुरधाममा जनप्रतिनिधिले नै व्यवसायीलाई हातपात गर्दै कुटपिट गरेको विरोधमा व्यवसायी आन्दोलित भएका छन्। जनकपुरधाम उप-महानगरपालिकाको उपप्रमुख रीता मिश्रकै सामुन्ने एकजना वडाअध्यक्षले व्यापारीलाई हातपात गर्दै कुटपिट गरेको विरोधमा व्यवसायी आन्दोलित भएका हुन्।

उप-महानगरपालिकाकी उपप्रमुख मिश्रकै अगाडि वडा नम्बर ७ का वडाअध्यक्ष जानकी राम साहले नगरपालिकाकै सामुन्ने ग्रिन टेलर्सका संचालक मोहम्मद असलमलाई हातपात गरेको व्यवसायीको आरोप छ। वडाअध्यक्ष साहले जनकचोक र शिवचोकको बीचमा रहेको ग्रीन टेलरका सञ्चालक असलमलाई फोहरको विषयमा चर्काचर्की भएपछि हातपात भएको स्थानीय व्यवसायीले जानकारी दिए।

पसल अगाडि फोहोर गरेको भन्दै उपप्रमुख मिश्रले ग्रिन टेलर्सका सञ्चालक असलमलाई सम्झाउँदा असलमले ‘पसलको फोहोर मैले झोलामा जम्मा गरेको सफाइ गाडी आए थुप्रे फयाक्ने’ जबाफमा विवाद हुँदा उपप्रमुखसँगै रहेका वडाअध्यक्ष साहले हातपात गरेको ग्रिन टेलर्सका सञ्चालक असलमले जनाए।

टेलर सञ्चालक असलममाथि कुटपिट भएको विरोधमा स्थानीय व्यवसायीहरुले उप-महानगरपालिका कार्यालय घेराउ गरेका छन्। व्यवसायीलाई हातपात गर्ने वडाध्यक्ष र उपमेयरले माफी माग्नुपर्ने भन्दै उनीहरूले उप-महानगरपालिका कार्यालय परिसरभित्र नाराबाजी गरेका थिए।

यता उपप्रमुख मिश्रले वडाध्यक्ष साहले व्यवसायीलाई कुटपिट नगरी हातले धकेलेको मात्र दाबी गरिन्। उनले भनिन, ‘आन्दोलनरत सफाइ कर्मचारीको हड्ताल तोड्न लगाएर हामीले फोहोरको उचित व्यवस्थापन गर्न पसल–पसलमा भन्न निस्केका थियौं।' तर, ग्रिन टेलर्स पुगेपछि उनले आक्रोशमा आएर मसँगै रहेका वडाध्यक्षलाई धक्का दिएपछि विवाद सिर्जना भएको स्वीकार गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.