|

दमक (झापा) : साहित्यकार कुन्ता शर्माको कविता संग्रह मेरो मान्छे शुक्रबार दमकमा परिचर्चा गरिएको छ। साहित्यकला संगमको आयोजनामा कार्यक्रम भएको हो।

आयोजक संस्थाका अध्यक्ष नरपति पाण्डेको अध्यक्षता र डा. भीम खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार दिपक सुवेदी र मिश्र वैजयन्तीले कृतिमाथि आफ्नो धारणा राखेका थिए। सोक्रममा उनीहरूले विद्रोह र कवि शर्मा एक अर्काका पुरक जस्तै देखिएको बताए।

जहाँ कुन्ता शर्मा, त्यहाँ बिद्रोह देखिएको टिप्पणीकार सुवेदीको भनाई छ। महिला अधिकार र समानताका लागि शर्मा एउटा विम्बको रुपमा स्थापित भएको भन्दै मिश्रले शर्माका कविताहरूमा पनि उनको जीवन भेटिन सकिने जनाएकी छन्।

कार्यक्रममा दमक नगरपालिका उपप्रमुख गीता अधिकारी, डा. गोपाल भण्डारी लगायतले शर्माले आफू र आफ्ना सिर्जनामार्फत आम उत्पीडित महिलाहरूको आवाज निकाल्नेको बताएका थिए। कार्यक्रममा अन्य विभिन्न साहित्यकारहरूले आफ्ना रचना सुनाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.