|

भद्रपुर, (झापा) : नेपाल भारतको सीमा पर्ने मेची नदीमा निर्माणाधिन मितेरी पुलको पिलर बनाउने खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका ६ बस्ने शेखराज गेलालको छोरा  ९ वर्षीय छोरा रुपेश गेलालको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

प्रहरीका अनुसार शुक्रबार बेलुका साढे ५ बजे मितेरी पुलको पिलर खनेको ठाउँमा जमेको पानीमा पौडी खेल्न गएका बालक गेलालको डुबेर मृत्यु भएको स्थानीयले इलाका प्रहरी कार्यालय काँकडभिट्टालाई खबर गरेका थिए। यता मृतक बालकलाई पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.