|
File Photo

पोखरा महानगरपालिका–१४ चाऊथेका कृषक केवल गौतमले काक्रो बित्रीबाट दैनिक २० हजार आम्दानी गर्दै आएका छन्। एक हजार ५८० वर्गमिटरको हरितगृहभित्र लगाएको भक्तपुरे स्थानीय जातको काक्रोले राम्रो उत्पादन दिन थालेपछि अहिले उनले दैनिक ४०० केजी काक्रो बित्री गरेर सो आम्दानी गर्दै आएका हुन्।    

टनेलभिक्र २३ ड्याङमा लगाइएको कात्राका बिरुवामध्ये नौमा पहिलेदेखि र बाँकीमा भर्खरै उत्पादन दिन शुरु गरेको बताउँदै उनले बैशाख महीनामा मात्र पाँच हजारझन्दा बढी केजी काक्रो बित्री गरेको जानकारी दिए।    

शुरुका दिनमा काक्रो होलसेलमा रु ६५ मा बित्री हुने गरे पनि पछिल्लो समय प्रतिकेजी रु ५० मा बिक्री गर्ने गरेको बताउँदै कृषक गौतमले भने, “उत्पादित काँक्रो बित्री हुँदैन कि भन्ने चिन्ता छैन।” अहिले पनि व्यापारीको मागअनुसारको काक्रो पुर्याउन नसकेको अनुभव सुनाए।

कतिपयलाई फोन सम्पर्कका आधारमा सम्बन्धित स्थानमा पुर्याइदिने गरेको जानकारी दिँदै कृषक गौतमले पोखराका राष्ट्र बैंकचोक, छोरेपाटन, रामबजार, विरौटा, पोखरा तरकारी बजारमा बिक्री गर्ने गरेको उनको भनाइ थियो। काक्रोबाट मात्र दुई महीनाको अवधिमा १५ २० लाख हाराहारी आम्दानी गर्ने लक्ष्य रहेको गौतमले जानकारी दिए।    

नेपाल सरकार कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (एकाइ) सुपरजोन (तरकारी) अन्तर्गत निर्माण गरिएको तापअनुकूलित हाइटेकभित्र उनले काक्रोलगायत, गोलभेँडा, सिमी, रायोसाग, धनीयालगायतका विभिन्न मौसमी तथा बेमौसी तरकारी उत्पादन गर्दै आएका छन्।    

परियोजनाको रु ८५ लाख अनुदान र रु १५ लाख आफ्नोसहित रु एक करोडको लागतमा तीन हजार १२३ वर्गमिटरका छुट्टाछुट्टै निर्माण गरिएका चार हरितगृहमध्ये यतिखेर दुईमा गोलभेँडा, एउटामा काक्रो रहेको छ। अर्कोमा रायोसाग र धनियाको बीउ रोपेका छन्।    

शारीरिकरूपमा फरक क्षमताका कारण ह्वीप्लचियरको सहायतामा व्यावसायिक तरकारीमार्फत यथेष्ठ आम्दानी गर्न सफल पाँच दशक पार गरेका गौतमले यतिखेर सबलाङका लागि पनि माटोमा पसिना भिजाउन सके के हुँदैन भन्ने चुनौतीसमेत थपिदिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.