नुवाकोटमा कुलमान कड्किनुको यस्‍तो थियो कारण

|

काठमाडौं : नेपाल विद्युत प्रधिकरणको कार्यकारी निर्देशकका रूपमा कुलमान घिसिङ आएपछि प्राधिकरणको रूप फेरिएको छ। जनताले लोडसेडिङबाट मुक्ति पउनुमा उनको पनि मिहिनेत ठूलो छ। सुरुवातमा लोडसेडिङ व्यवस्थापनमा केन्द्रित घिसिङ अहिले निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्नमा केन्द्रित छन्। बिहीबार उनी दिउँसो माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोड्ने काममा केन्द्रित भएा। बेलुका भने नुवाकोट पहिरे बेसीमा केही स्थानीयसँग झगडा मात्रै गरेनन् थुन्ने धम्कीसमेत दिए।


शुक्रबारदेखि नै त्रिशूली थ्री बी २२० केभी हब सबस्टेसन निर्माणमा भइरहेको अवरोध हटेको छ। स्थानीय प्रशासकको सहयोगमा काम अघि बढाइएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताएका छन्। स्थानीयसँग झगडा गर्नुपर्ने अवस्था कसरी आयो, किन सबस्टेसन निर्माणमा समस्या परिरहन्छ लगायत विषयमा कुलमान घिसिङसँग थाहा खबरका भागवत भट्टराईले गरेको कुराकानी :

त्रिशूली थ्री बी सवस्टेसनमा पुग्दा तपाईं निकै आक्रोशित देखिनुभयो नि? के रहेछ समस्या?

पटक पटक काम रोक्ने काम भयो। चिलिमेबाट त्रिशूली थ्री ‘बी’सम्म ल्याउनैपर्ने सवस्टेसन लाइन एक वर्षभित्र तयार गर्नैपर्नेछ। अन्य प्रोजेक्टहरू पनि बन्दै गरेको अवस्था छ। रसुवागढी, सान्जेन जलविद्युत् आयोजना निर्माणको क्रममा रहेका छन्। तर, सवस्टेसन निर्माणको काम पटकपटक रोकियो।

सबस्टेसनको कम्पाउण्डभित्र कुनै विवाद पनि छैन। खोलाको छेउमा काम गर्दाखेरी केही व्यक्तिको स्वार्थलाई केन्द्रित गर्न खोजियो। जनताको कुनै समस्या छैन तर व्यक्तिको स्वार्थमा मात्रै काम गर्न नपाएको रिस पोख्ने काम निर्माण आयोजना गर्नुहुँदैन र हामीले नदिएको हो।  कामममा अवरोध गर्ने व्यक्ति स्वयमसमेत त्यहाँ ठेकेदार रहेका छन्। उसले भनेको मान्नुपर्ने नमानेमा काम गर्न नदिन स्थिति पटकपटक भएको थियो।

तीन चार दिन काममा अवरोध गरिएको अवस्थामा हामीले अवरोध खुलाउन प्रयास गरिएका हौँ।  व्यक्तिगत स्वार्थको लागि काम रोक्ने प्रवृत्ति तोड्न खोज्दा समस्या आएका छन् समाधान पनि गरिँदै छ ।

अवरोध खुलाउँदै गर्दा विकासविरोधी हैन हाम्रा माग अर्थात् जनताका माग सुनावाइ हुनुपर्ने भनिएको थियो? के त्यस्ता माग पूरा भएनन् जसले गर्दा काम नै रोके स्थानीयले?

माग पूरा भइरहेको छ करडौँको काम गरेका छौँ। सामाजिक उत्तरदायित्वको काम हामी सबै गरेका छौँ। जनताको गुनासो केही छैन सीमित व्यक्तिहरूले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि उठाएका विषयहरू मात्रै हुन्। केही व्यक्तिको स्वार्थ पूरा गर्नका लागि काम बन्द गर्ने, तर्साउने, काम गर्ने कमर्चारीलाई धम्की दिने कामहरू भइरहेको छ। यस्तो प्रवृत्तिले निकै समस्या परेको छ। यो अप्ठेरो फुकाउन हामी कडिकडाउका साथ लागेका छौँ। अहिले काम खुलेको छ। स्थानीय सुरक्षा निकाय राखेर काम सुचारु भएको छ। काम एक दिन पनि रोक्नुहुँदैन, एक घण्टा पनि रोक्नुहुँदैन भनेर हामीले भनेका छौँ। अब काममा अवरोध आउन दिँदैनौँ।

त्रिशूली थ्री बीमा मात्रै नभएर अन्य आयोजनाहरूमा पनि यस्तो समस्या देखिएको छ। यसको समाधानका लागि प्राधिकरण कसरी अघि बढेको छ?

हामीले केही कुरा बुझ्‍नुपर्ने हुन्छ त्रिशूली थ्री बीकै हकमा यो सबस्टेसन धेरै नै महत्वपूर्ण हो। एक दिन काम रोकियो भने कन्ट्याक्टरहरूको क्लेम आउँछ। म्यानपावर बाहिर जान्छन्। फेरि रिभाइव गर्नका लागि निकै समय लाग्छ। धेरै समस्याहरू हुन्छन्।

कामलाई अवरोध गरिनु हुँदैन। जनताको मागमा हामी सधैँ सकारात्मक हुन्छौँ हुन्छौँ। तर, काम रोकेर डिमान्ड राख्ने कुरा हुँदैनन्। व्यक्तिगत लाभका लागि काम भइरहेको छ। यो गम्भीर विषय रहेको छ। यो समस्या त्रिशूली मात्रै हैन अन्य आयोजनामा पनि समस्या देखिएको छ। धेरै ठाउँमा यस्तो काम रोकिने गरेको छ यसरी चल्दैन।

सबस्टेसन निर्माणको काम कहिले सकिएला?

एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेका छौँ। त्यो समयममा हामी गर्छौं। एक वर्ष अर्थात् आगामी डिसेम्बर/जनवरीभित्र गरिएको छ।

माथिल्लो त्रिशूली थ्री बी आयोजनाको गत बिहीबार राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ। अर्को युनिट कहिले जोडिन्छ?

अर्को युनिट असार १५ गतेसम्म जोड्ने तयारीका साथ काम भएको छ। सोही समयमा जोड्छौँ।

पछिल्लो समय फिल्डलाई बढी प्राथमकिता दिएको देखिन्छ। कसरी प्राथमकिता निर्धारण गर्नुहुन्छ र फिल्ड हिँड्दाको लाभ कस्तो छ?

हामी अहिले हरेक हप्ता फिल्डमा पुगेका हुन्छौँ। आश्‍यकताअनुसार दुई/तीनपटक पनि पुग्ने गरेका छौँ। हरेक हप्ता एक साइडमा जान्छौँ। फिल्डको समस्या धेरै छ अहिले काम नहुनुमा फिल्डमा नुपुग्नु पनि देखिएको छ। ट्रान्समिसनमा निकै समस्या देखिएको छ। यसको प्राथमिकता हामीले गरको छौँ। ट्रान्मिसनमा हरेक टावर नै एउटा परियोजना जस्तै हामीलाई भएको छ। अब हरेक ठाउँमा विवाद आएको हुन्छ।

कहिँ वनको विवाद कहीँ स्थानीयको कामको विवाद भइरहेको हुन्छ। धेरै विवाद भएको छ। विवादलाई समाधान गर्नु भनेको ठूलो रहेको छ। फिल्डमा प्रोजेक्ट म्यानेजरहरू खटिइरहेका हुन्छन्। उहाँहरूको मनोबल उच्च बनाउनका लागि महत्वपूर्ण क्षेत्रमा हामी जाने गरेका छौँ। निर्माणाधीन आयोजनालाई सम्पन्न गर्न हामी केन्द्रित छौँ। सबै काम सम्पन्न पनि हुँदै छन्। ट्रान्समिसनमा धेरै काम भएको छ। धेरै समस्या पनि छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.